महिलाको आर्थिक सशक्तीकरणका लागि संवादमुखी परियोजना शुभारम्भ

सुर्खेत ,१४ जेठ ।
वीरेन्द्रनगर नगरपालिकामा संवादमार्फत महिलालाई आर्थिक पहुँच प्रदान गर्ने उद्देश्यले संवादमार्फत महिलाको आर्थिक उन्नती नामक परियोजना शुभारम्भ भएको छ । प्रो पब्लिक जनहित संरक्षण मञ्चको समन्वयमा उक्त परियोजना शुभारम्भ भएको हो ।
बिहिबार वीरेन्द्रनगर नगरपालिकाको सभाहलमा परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै प्रो पब्लिक नेपालका कार्यक्रम संयोजक कमला रानाले महिलाको सशक्तिकरणका क्षेत्रमा परियोजनाले काम गर्ने बताइन । विशेष गरी बसाइसराई प्रभावित क्षेत्रहरुमा समान सम्पत्ति स्वामित्व, आयआर्जनका अवसरहरु र लैंगिक रुपान्तरणकारी सामाजिक संवाद, र नागरिक सरकार संवाद संयत्रहरुलाई सुदृढ पारेर घरपरिवार र समुदायहरुमा महिलाको आर्थिक स्वायत्तता र निर्णय लिने शक्ति बढाउने परियोजनाको मुख्य लक्ष्य रहेको रहेको उनले बताइन ।
परियोजना शुभारम्भ कार्यक्रम्मा वीरेन्द्रनगरका १६ वटै वडाका वडा अध्यक्ष, विभिन्न टोल विकास समितिका अध्यक्ष, गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यार्थी, नगर कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारी, उद्यमी तथा महिला अधिकारकर्मीहरुको सहभागिता थियो । कार्यक्रम संयोजक रानाले कर्णालीका महिलाहरू अझै पनि पछाडि परेको अवस्थामा महिलाहरूको आर्थिक क्षेत्रमा पहुँच अपरिहार्य रहेको बताउर्दै जातीय विभेद समेत पूर्ण रूपमा न्यूनीकरण हुन नसकेको बताईन । यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलालाई आयआर्जनमा जोड्न नीतिगत व्यवस्था गरेर अघि बढेको बताउदै यस क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको बताइन । परियोजनाले लक्षित महिलालाई छुटाउन नहुने बताउदै उनले नगरपालिकाको तर्फबाट पूर्ण सहयोग हुने पनि बताइन ।

महिलाको आर्थिक सशक्तीकरणका लागि संवादमुखी परियोजना शुभारम्भ

घुयँत्राे:नेपालमा आयोग जन्मिन्छ, न्याय मर्छ !

Leave a comment

Your email address will not be published. Required fields are marked *