घुयँत्राे:नेपालमा आयोग जन्मिन्छ, न्याय मर्छ !

नेपालाँ छिसिक्क केही भयाे कि आयाेग बन्ने चलन नयाँ हैन । हवाई जहाज ,बस दुर्घटना ,आन्दोलन देखि कसैकाे मृत्यु र बिहेबारीसम्ममै आयाेगहरु बनेकाछन । तर बनेका ती आयाेगले दिएका रिपाेटहरु कैल्यै कार्यार्न्वयन भएकाे भने छैन । आयाेग बन्न थाल्या चाईँ ४६ सालदेखि हाेला । अरु त अरु देशमा रहेकाे सिंगाे राजतन्त्र र त्यसकाे समुल राजपरिवारकाे बंशनै नास हुने गरि ५८ सालमा राजा वीरेन्द्रको परिवारै सखाप हुँदा बनेकाे आयाेगले समेत नत अपराधि चिनायाे नत कार्वाहि गर्याे । तारानाथ राना भाटकाे नेतृत्वमा बनेकाे आयाेग र त्यसकाे प्रतिवेदन एकादेशकाे कथा भयाे । घटनामा मरेका युवराजकाे थाप्लाेमा अपराधीकाे फेटा गुथेर सबै घटनालाई सेलाईयाे ।त्यसपछि कै ठूलाे र बीभत्स घटना भदाै २३/२४ काे हाे । जहाँ ७६ जनाकाे ज्यान गयाे र राष्ट्रका ऐतिहाँसिक धराेहरहरु सिंह दरबार ,सर्बोच्च अदालत,संसद भबन ,राष्ट्रपति भबन जहाँजहाँ सेनाकाे प्रत्यक्ष निगरानी रहन्छ त्यस्ता ठाउँहरु आगाे लगाएर खरानी बनाईयाे भने घटनालाई राेक्नकाे लागि प्रहरी र सेना परिचालन हुनु पर्नेमा दुबैका कमाण्डरले पुलिस र सेनालाई परिचालन नगरि ब्यारेक भित्र थन्क्याएर राखे र देश जलेर खरानी भएकाे हेरि रहे । तर पनि सरकारले उनिहरु कसैलाई कार्वाही गर्न सकेन । र उनिहरु आँफुहरु निर्दाेष रहेकाे बताई रहेका छन । त्यत्राे ठूलाे नरसंहार र आगजनिका दाेषिहरु पत्तालगाउन र कार्वाहि गर्न
कार्कि आयाेग बन्याे तर कार्की आयाेगलेनि एक दिनकाे घटनामा मात्रै खाेजि गर्याे अर्थात २३ गतेकाे रिपाेट बनायाे तर २४ गतेकाे घटनाकाे छानविन गरेन भन्ने गुनासाे रिपाेट पढनेहरुले गरेका छन । खासमा जुनसुकै घटनामा छानविन गरे पनि सरकारले राज्यकाे लाखौं रुपैयाँकाे ढुकुटी खर्चेर आयाेग बनाउने तर त्यरी खर्च गरेर बनेका प्रतिवेदनले दाेषिहरुलाई कार्वाहि गरेकाे रेकर्ड अहिलेसम्म छैन तापनि याे पटक पुराना दलहरुकाे सरकार नभएकाे र देशामा भएकाे निर्वाचनले दुईतिहाईकाे सरकार दिएकाे र त्यै सरकारकाे ईन्ट्रेस्टका मान्छेहरुले बनाएकाे आयाेग र तयार भएकाे प्रतिवेदन भएकाले बालेन सरकारले कार्यान्वयन गर्छन भन्ने आशा धेरैले गरेका थिए तर जनताले आशा गरेअनुसार सरकार कार्यान्वयनमा उत्रियन । सरकारले प्रतिवेदनलाई वेवास्तागरि मानवअधिकार हनन भएकाे घटनामा सरकार चुप बसेकाे भन्दै कार्की आयाेगसित संगसंगै २३/२४ काे घटना छानविनमा सुक्ष्म तरिकाले लागेकाे मानव अधिकार आयाेगले आँफुले तयार गरेकाे प्रतिवेदन सार्वजनिक गर्दै कार्कि आयाेग गठन गर्ने प्रधानमन्त्री , गृहमन्त्री र स्वयं आयाेगका अध्यक्ष कार्कीलाई समेत कार्वाहि गर्ने गरि ऐले निर्वाचित रास्वपाका सांसद सहित रास्वपा अध्यक्ष रबि लामिछानेलाई जेल ताेडेर अपराधीहरुलाई भगाएकाे भनी कार्वाहिकाे सिफारिस सिङ्गो रास्वमा माथि बज्रियछि राजनीतिमा खैलाबैला मच्चिएकाेछ । हिजाेका दिनमा अपराधीहरुलाई आफन्तका नाममा बचाउने गरेकाे आराेप प्रधानमन्त्री बालेनले लगाउने गरेकाेमा रास्वपाबाट मुछिएकाहरु आफन्तका नाममा बिना कार्वाही बरि हुन्छनकि अपराधीका नाममा डामिन्छन त्याे भने समय घर्किँदै जाँदा थाहा पाउनेनै छम् ।मानवअधिकार आयाेगले तयार गरेकाे बुधबारमात्रै प्रकाशन भएकाे प्रतिवेदनमा त झन बस्तु तथ्यका आधारमा घटना र फाेटाे सहित घटनामा संलग्न मानिस सहितकाे प्रतिवेदनले पूरैजसाे ऐले संसद र सरकारमा प्रतिनिधित्व गर्नेहरुनै दाेषि भएकाे देखाएकाेले आफ्नै सरकारले आफ्नै नेतालाई कार्वाहि कसरि गर्ने प्रधानमन्त्री संकटमा परेकाछन कि कार्वाही काे मुडमा छन त्याे केही दिनपछि खुल्ला ! उनी हत्तपत्त नबाल्ने मान्छे भएकाले उनकाे मनमा केछ ऐल्यै भन्न सकिन्न । जब उनकाे बाेल्ने दिन आउला त्यस दिन अबस्य जनताले बालेनकाे वास्तविकता थाहा पाउने छन ।तर दुई तिहाइकाे सरकार बनाएर बसेका बालेनले कार्वाहि गर्न खाेजे आफ्नाे दुई तिहाईकाे सरकार गिर्छ भन्ने पनि राम्ररी थाहा पाएका छन भने केही नगरि बस्दा नि आँफुले जनतासामु गरेका बाचा पूरा हुँदैनन र आफू जनताकाे नजरबाट सँधैका लागि गिर्छु भन्ने पनि थाहा छ । त्यसैले यसबारेमा वैकल्पिक उपाए खाेजेर विनविनकाे बाटो राेज्न पनि सक्दछन । किनभने उनले बुझेका छन कि आजसम्म जतिपनि आयाेग देशमा बने त्यसले दिएकाे प्रतिवेदन सार्वजनिकै नगर्दा त जनताले आयाेगका विरुद्ध आैँला ठड्याएर सडकमा आएनन भने सरकारकै स्थायी निकाय मानव अधिकार आयाेगले देखाएकाे कुरालाई कार्यान्वयन गर भनेर जनताले सरकारलाई कैल्यै दवाव हाल्ने छैनन याे वास्तविकता बालेनले राम्रोसितबुझेका छन ।त्यसैले प्रधानमन्त्री बालेनलाई याे प्रतिवेदनले खासै दवाव सृजना गरेकाे छैन । देशमा वहुदल आईसकेपछि गिर्जाप्रसादले बहुदल ल्याउन माले,मसाले मण्डले,पञ्च सबैकाे हात छ भनेर जसरी आयाेगका रिपाेट याैटै डालाँ हालेर वाग्मतिमा बगाए त्यसैगरि बालेनलेनि जेनजी सरकार बनाउन , दुईतिहाई ल्याउन र मलाई प्रधानमन्त्री बनाउन २४ भदौका सबै मतियारहरुकाे हातछ त्यसैले म मानव अधिकार आयाेगकाे प्रतिवेदनकाे यथाेचित ब्यवस्था गर्ने छु भनेर विष्णुमतिमा लगेर सेलाउन पनि सक्छन र बिस्तारै दिन वित्दै जाँदा जनताले विर्सिन पनि सक्छन जसरि मल्लिक आयाेग बिर्से, त्यसैगरि कार्कि र मानव अधिकार आयाेग पनि विर्सने छन । कि कसाे प्रधानमन्त्री ज्यु ।

Leave a comment

Your email address will not be published. Required fields are marked *