जेसीजले सुर्खेतले सप्ताहव्यापी कार्यक्रम गर्दै

सुर्खेत ,१४ जेठ ।

युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले सप्ताहव्यापी जेसीज सप्ताह–२०२६ वीरेन्द्रनगर सुर्खेतमा आयोजना गर्ने भएको छ । संस्थाले विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै सप्ताहव्यापी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । सुर्खेत महिला जेसीजको अध्यक्ष मनु सुनारका अनुसार कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता, रक्तदान, नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर तथा नारी सम्मानलगायत विविध गतिविधि सञ्चालन गरिनेछन् । कार्यक्रमहरूमा विभिन्न क्षेत्रका व्यक्तित्व, युवायुवती, विद्यार्थी तथा स्थानीयको सहभागिता रहने अपेक्षा गरिएको छ । जेसीज सप्ताहको उद्घाटन २०८३ जेठ १५ गते विरेन्द्रनगर स्थित  शुभ होटलमा  गरिने भएको छ । उक्त कार्यक्रम बिहान ११ बजे सुरु हुने जनाइएको छ । कार्यक्रमको संयोजन जेसी लक्ष्मी बीसी र जेसी झरना विष्टले गर्नेछन् । त्यसैगरी जेठ १६ गते बिहान छ बजे मंगलगढी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । समाजमा रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन हुने उक्त कार्यक्रमको संयोजन जेसी रितु वयलकोटीले गर्ने जनाइएको छ । जेठ १७ गते शुभ होटलमा नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ । युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यक्तित्व निर्माणमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको तालिमको संयोजन जेसी बसन्ता काकीले गर्ने संस्थाले जनाएको छ ।

यस्तै, जेठ २२ गते वडा नम्बर छ कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । दिउँसो एक बजे सुरु हुने शिविरमार्फत स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक जेसी बालकुमारी सुनारले जानकारी दिइन् । जेसीज सप्ताहको समापन जेठ २३ गते शुभ होटलमा “नारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” मार्फत गरिने भएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गरिनुका साथै सप्ताहभर सञ्चालन भएका कार्यक्रमका उत्कृष्ट सहभागीलाई पुरस्कार वितरण गरिनेछ ।

कार्यक्रमको संयोजन जेसी सुमित्रा चौधरी र जेसी सुस्मिता रिजालले गर्नेछन् । सुर्खेत महिला जेसीजकी अध्यक्ष निशी हाङ सुनारले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताइन् । महासचिव जेसी भावना रानाले सप्ताहव्यापी कार्यक्रममा सबैको सहभागिताका लागि आग्रह गरेकी छन् । कार्यक्रमका मूल संयोजक जेसी भिमा शाहीका अनुसार जेसीज सप्ताहले सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने विश्वास लिइएको छ ।

जेसीजले सुर्खेतले सप्ताहव्यापी कार्यक्रम गर्दै

बालिका तथा समावेशी शिक्षा  सञ्जालको क्षमता बढाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *