कर्णाली प्रदेशस्तरिय प्रथम मेयर कप फुटबल आजदेखि

सुर्खेत ,१४ जेठ।
चार लाख राशिको कर्णाली प्रदेशस्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुक्रबार (आज) देखि आयोजना भएको छ । बिहिबार प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक कर्णाली प्रदेश फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा २१ जेठसम्म सञ्चालन हुने प्रतियोगिता प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुनेछ ।
आयोजक संस्था कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले कर्णाली प्रदेशमा खेलकुद विकास तथा स्थानीय प्रतिभाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा प्रदेशभरका १३ टिमले प्रतिस्पर्धा गर्ने बतए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले चार लाख तथा उपविजेता टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँका दरले बेस्ट अवार्ड प्रदान गरिने उनले बताए ।






