जावलाखेलको जितमा सुजितको गोल

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबलाई पराजित गरेको छ ।  ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-21)

अछामका एक वडाध्यक्षको शव गैरीगाउँको गोठभित्र फेला

अछाम : पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ। “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको छ”, घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले […]

राज्यले नै बनायो सुकुम्बासी

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ११ र १३ रामघाटका एकसय ९५ घरधुरी अहिले पनि लालपुर्जाविहीन छन् । वर्षाैदेखि बसोबास र भोगचलन गर्दै आएका उनीहरुलाई लालपुर्जा नदिएर राज्यले नै सुकुम्बासी बनाएको हो । राज्यले लालपुर्जा दिन नसक्दा उनीहरु सुकुम्बासी सरह बनेका छन् । सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका –११ रामघाटका नरबहादुर थापासँग प्रशस्तै जग्गा छ । […]

सम्पादकीय : सडक निर्माणमा वेथिति

विकास सकारात्मक परिवर्तन हो । मानव सभ्यताको विकाससँगै भौतिक विकासले पनि गति लियो । आज मानवको मेहनत, अनुसन्धान र रुचीका कारण भौतिक निर्माण र विकासले फड्को नै मारेको छ । विश्वका धेरै देशहरुले भौतिक विकासमा किर्तिमानी नै कामय गरिरहेका छन् । यही पृथ्वीको एउटा देश नेपाल विकासमा वामे सर्दै छ । अर्थात भौतिक विकासमा पाइला […]

मुआब्जा बृद्धि गर्न माग

जाजरकोट : नलगाड जलविद्युत आयोजनाको मुआब्जा बृद्धि गर्न माग गरिएको छ । जाजरकोटमा निर्माण हुने चार सय १७ मेघावाट क्षमताको जलविद्युत आयोजना प्रभावितले मुआब्जा रकम बृद्धि गर्न माग गरेका छन् । सरकारले ७ बर्षअघि निर्धारण गरेको मुआब्जा रकम निकै कम भएको भन्दै स्थानीयले मुआब्जा निर्धारण उपसमिति मार्फत रकम बृद्धिको माग गरेका हुन् । हाल सरकारले […]

दैलेखमा जीपको ठक्करबाट बालकको मृत्यु

सुर्खेत : पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत भैरबी गाउँपालिका २ रावतकोटमा जीपको ठक्करबाट आइतबार राति एक बालकको मृत्यु भएको छ । डाडीमाडी बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु १ च ६२९२ नम्बरको बोलेरो जीपले सडकमा खेलिरहेका ४ वर्षीय प्रकाश थापालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते बालकको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दैलेख प्रहरी प्रमुख डीएसपी […]

जाजरकोट–जुम्ला सडक अधुरै

जाजरकोट : जाजरकोटलाई जुम्लासँग जोड्ने तीनवटा सडकको निर्माण कार्य अलपत्र परेको छ। निर्माण थालिएको १२ वर्ष बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कार्य आधा पनि पूरा हुन सकेको छैन । पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेको हो । खलंगा–पाँचकाटिया–पैंक–ब्याउलीढुंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष बित्यो । ८० किलोमिटरको जाजरकोट–जुम्ला जोड्ने यो रणनीतिक महत्वको सडक ४० […]

नयाँ नक्सा जारी गर्न नेकपाको निर्देशन

काठमाडौं  : नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ । केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्थामन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पदमा अर्यालले […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-20)

६ वर्षसम्म वन्न सकेन पुल

रुकुम : राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पश्चिम र जाजरकोट जोडने मोटरेवल पुलको निर्माण कार्य अलपत्र छ । ६ वर्ष पहिले सुरु गरिए पनि ठेकेदार कम्पनीको लापर्वाहीले गर्दा हालसम्म पुल निर्माणको काम अलपत्र परेको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिकादेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका जोडने उक्त पुलको काम निर्धा्रित समयभित्र सम्पन्न नहुदा यातायात आवतजावतमा […]

रनिङ्ग शिल्डको उपाधी जनमाविलाई

सुर्खेत : वीरेन्द्रनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जन नमूना माध्यामिक विद्यालयले हात पारेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना गरेको प्रतियोगितामा जननमूनाले ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक हाँसिल गर्दै प्रथम भएको हो । त्यस्तै एओएस हर्मन माईनर विद्यालय दोस्रो, अमर ज्योती नमूना मावि तेस्रो हुँदा सैनिक आवाशिय विद्यालयले सान्तोनना […]

पक्षघातराेगबाट पिडित भरत सिजालीकाे आग्रह ‘मलाई बचाउनुस्’

  दैलेख : नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजाली पक्षघात (प्यारालाइसिस) ले थला पारेपछि उनको परिवार विचल्लीमा परेको छ । आर्थिक अवस्था कमजोर भएका उनको दुवै खुट्टा नचल्ने भएपछि ६ महिनादेखि ओछ्याउनमै थला परेका छन् । आमाबुबा, श्रीमती र दुई सन्तानको साहारा बनेको भरत थला परेपछि परिवार विचल्लीमा परेको छ । जन्मजातै मेरुदण्डको समस्या भएका भरतको […]