६ वर्षसम्म वन्न सकेन पुल
रुकुम : राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गमा पर्ने रुकुम पश्चिम र जाजरकोट जोडने मोटरेवल पुलको निर्माण कार्य अलपत्र छ । ६ वर्ष पहिले सुरु गरिए पनि ठेकेदार कम्पनीको लापर्वाहीले गर्दा हालसम्म पुल निर्माणको काम अलपत्र परेको हो ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकादेखि जाजरकोट जिल्लाको भेरी नगरपालिका जोडने उक्त पुलको काम निर्धा्रित समयभित्र सम्पन्न नहुदा यातायात आवतजावतमा कठिनाई भैरहेको छ । निर्माण कम्पनीले पुल निर्माण कार्य सुरु गरेको ६ वर्ष बितिसक्दा पनि हालसम्म एक साईडको पिल्लरको काम समेत पुर्ण रुपमा निर्माण गर्न सकेको छैन ।
ठेकेदार कम्पनीका मान्छेहरुले कहिले स्टमेट परिवर्तन गर्न लागेको त कहिले काम सुरु हुन्छ भनेर ढाँट्ने गरेको स्थानीवासीहरुको गुनासो छ । मध्यपहाडी लोकमार्गको अतिआवश्यक मोटरेवल पुल निर्धा्रित समयमा बनन्दा स्थानीयबासिन्दा आक्रोसित बनेका छन् । निर्माणाधिन पुल समयमा नबन्दा रुकुम, जाजरकोट, सल्यान, सुर्खेत र नेपालगन्ज आवतजावत गर्न यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
पटक पटक ठेकेदार कम्पनीले म्याद थपे पनि हाल पुल निर्माणको काम ठप्प भएको छ । पुल निर्माणको काम छिटो सक्नको लागी यस क्षेत्रका स्थानीयले सरोकारवाला निकाय संग वारम्वर आग्रह गरेका छन् । तर कुनै सुनुवाई भएको छैन । वाईबी निर्माण कम्पनी ललितपुरले ठेक्का लिएको पुल निर्माणको काम ठप्प हुदा प्रदेश राजधानी जाने यात्रुहरुले समेत ठुलो झन्झट वेहोर्दै आईरहेका छन । लोक मार्गमा निर्माणाधिन अन्य पुलको काम पनि निर्धा्रित समयमा हुन सकेको छैन ।