अछामका एक वडाध्यक्षको शव गैरीगाउँको गोठभित्र फेला

अछाम : पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन् । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ।

“गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको छ”, घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “प्रारम्भिक अनुसन्धानअनुसार हत्या नै भएको पुष्टि हुन्छ, तर कसले किन हत्या गरेको भन्ने कुरा खुल्न सकेको छैन, हामी अनुसन्धानमै छौँ ।”

उनका अनुसार घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीसहितको टोली घटनास्थलमा पुगेको छ। अनुसन्धानमा आफ्नो संयन्त्र परिचालन गरिसकिएको र धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली आइरहेको उनले जानकारी दिए । मृतक धामी शिक्षक पेशाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अछामका एक वडाध्यक्षको शव गैरीगाउँको गोठभित्र फेला

राज्यले नै बनायो सुकुम्बासी

अछामका एक वडाध्यक्षको शव गैरीगाउँको गोठभित्र फेला

YUGAAWHAN NATIONAL DAILY (2076-10-21)

Leave a comment

Your email address will not be published. Required fields are marked *