YUGAAWHAN NATIONAL DAILY (2076-10-22)

हजारको नोटमा अब ‘राम–लक्ष्मण’

काठमाडौं : अहिले हामीले एक हजारको नोटमा जुन हात्तीको चित्र देखिरहेका छौं त्यो नेपालको हात्तीको हैन । ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन । हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ । हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने नोटमा भएको हात्ती एसियन मूलकै रहेको दाबी गर्छन् । ‘हात्तीको आकार र […]

‘स्थापना दिवसमै आएनन् सांसद’

सुर्खेत : कर्णाली प्रदेश सभाको गरिमा जोगाई राख्ने काम सांसदको हो । सांसदहरुले खेल्ने भूमिकाले संसदमा विशेष महत्व राख्छ । अझ प्रदेशसभाको स्थापना दिवस त सांसदका लागि महत्वपूर्ण दिन हो । तर प्रदेश सभाको स्थापना दिवसको अवसरपारी आयोजना गरिएको कार्यक्रममै कर्णालीका सांसदहरु अनुपस्थित भएका छन् । स्थापना दिवसको अवसर पारी प्रदेशसभा सचिवालयले मंगलबार पहिलो पटक […]

‘सातै प्रदेशमा क्यान्सरको उपचार’ : राज्यमन्त्री नवराज

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले क्यान्सर रोगको उपचारलाई सातै प्रदेशमा विस्तार गर्नु पर्ने बताएका छन् । विश्व अर्बुद रोग दिवसको सन्दर्भमा आयोजित एक अन्तरक्रिमा राज्यमन्त्री रावतले क्यान्सरलाई डरलाग्दो रोगको रुपमा बुझ्न नहुने भन्दै स्थानीय तहले नागरिकमा सचेतना जगाउने काम गर्नु पर्ने बताए । बजेट विनियोजन गरेर मात्र नहुने भन्दै राज्यमन्त्री रावतले बजेट […]

सुर्खेतमा मेटलाइफको नयाँ एजेन्सी स्थापना

दिनेश  बुढा सुर्खेत : मेटलाइफले यो सातामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नयाँ एजेन्सी कार्यालय स्थापना गरि मंगलबार देखी सञ्चालन गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरेका छन् । उनका अनुसार यस कार्यालय लगायत अन्यको स्थापना गरि मेटलाइफको नेपालमा कुल ३२ वटा कार्यालय पु¥याउँने लक्ष्य […]

जीप दुर्घटना, एक जनाको मृत्यु, १३ जना घाइते

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं  १४ को सिमाना फेदखोलामा मंगलवार बोलेरो जीप दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ, १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेरो दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं ७ का ७४ वर्षीय दशरथ शाहीको […]

कर्णाली प्रदेश सभाका दुईवर्ष ‘आश्वासनको पोको रित्तै’

सुर्खेत : ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ कर्णाली प्रदेश सभाका सांसदहरुले चुनावमा जनतासँग यही बाचा गरेका थिए । जनतासँग कर्णालीको गरिवी, अशिक्षा हटाउँदै विकासको रथ कुदाउने कसम खाएका थिए । लामो समयदेखि कर्णाली प्रदेश र यहाँका नागरिक केन्द्रकृत राज्यको शिकार बनेको भन्दै विकास निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए । तर दुईवर्षको अवधिमा जनतासँग गरेका […]

सामाजिक सुरक्षा कोषमा कर्णालीको उपस्थिति शून्य

सुर्खेत : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारी लक्ष्य भेट्टयाउन मुस्किल देखिएको छ । कर्णाली प्रदेशको उपस्थिति हालसम्म शुन्य रहेको छ । कर्णाली प्रदेशबाट १ सय ६९ श्रमिक योजनामा सहभागी भएका भए पनि एक महिनाको अवधिमा एक श्रमिक कोषमा सूचीकृत भएका छैनन् । यस्तै बागमती प्रदेशबाट भने कोषको अपेक्षित लक्षमा भेटाउन मुस्किल देखिएको […]

छिन्चु–जाजरकोट सडकमा टाइमकार्ड

सुर्खेत :सवारी दुर्घटना घटनाउन कर्णालीका छिन्चु–जाजरकोटसडक खण्डमा टाइमकार्ड लागु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोट, सल्यान र सुर्खेतले टाइमकार्ड लागु गरेका हुन् । तीन जिल्लाको सहकार्यमा पहिलो पटक सुर्खेत–जाजरकोट सडक खण्डमा टाईम कार्ड लागू भएको हो । कच्ची र साँघुरो सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना बढेको निश्कर्ष निकाल्दै टाइमकार्ड लागु गरिएको जिल्ला […]

रास्कोटमा एक घर, एक धारा

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले एक घर, एक मिटरसहितको धारा निर्माण गरेको छ । रास्कोट नगरपालिका र युनिसेफ नेपालको सहयोगमा नगरपालिकाको ६ बड्डालामा एक घर एक धारा निर्माण गरेको हो । आर्थिक वर्ष २०७४र०७५ बाट नगरले सुरु गरेको एक घर एक धारा निर्माणको अभियान तीनवटा वडामा सम्पन्न गरेको रास्कोट नगरपालिा प्रमुख कासीचन्द्र बरालले बताए । […]

चोरी निकासीका कारण लोप हुँदै बहुमूल्य जडीबुटी

सल्यान : अत्यधिक दोहन तथा चोरी निकासीका कारण जडीबुटी लोप हुँदै गएको छ। जलवायु परिवर्तन, वनमा मिसाहा प्रजातिको विकास, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण महत्त्वपूर्ण जडिबुटी दिनप्रतिदिन लोप हुँदै गइरहेका छन् । नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये सल्यानमा २१ प्रजातिका जडीबुटी पाइने गरेको जिल्ला वनस्पति कार्यालय सल्यानका […]

प्रसूति भवन अलपत्र

जाजरकोट : जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माणको काम सात वर्षदेखि अलपत्र छ । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम अलपत्र छोडेको हो । समयमै भवन नबन्दा गाउँमै सुरक्षित प्रसूति सेवा दिन नसकिएको स्वास्थ्य चौकीले जनाएको छ । सुरक्षित प्रसूति सेवाको अभावमा यहाँका गर्भवतीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । निर्माण […]

‘देउता मान्छौं, छाउपडी प्रथा मान्दैनौं’

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिकाका स्थानीय मष्टो देवताका धामीले छाउपडी प्रथा नमान्ने प्रतिबद्धता जनाएका छन् । खाँडाचक्र नगरपालिकाले छाउपडी प्रथाविरुद्ध धामिझाँक्रीलाई सचेतना कार्यक्रममा स्थानीय मष्टो देवताका धामीले यस्तो प्रतिबद्धता जनाएका हुन् । छाउपडी प्रथाका मुख्य गडका रुपमा मानिने देउताका धामी र गाउँका ठालुले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका छन् । उनीहरुको एउटै स्वर […]