पलाताले ‘गाउँ यातायात’ सञ्चालन गर्ने

कालिकोट : कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँ यातायात सेवा शुरु गर्न लागेको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकावासीलाई सस्तो भाडादरमा सहज सुविधा दिन गाउँ यातायात सेवा शुरु गर्न लागेको हो । चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो गाउँसभाबाट गाउँ यातायात सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । गाउँ यातायात सञ्चालनका लागि […]

सुर्खेत जिल्ला प्रशासनमा स्तनपान कक्ष

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतमा स्तनपान (बच्चालाई दुध खुवाउने) कक्ष स्थापना गरिएको छ । प्रशासन कार्यालयको भवनभित्र स्थापना भएको उक्त कक्षको बुधबार उद्घाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उक्त स्तनपान कक्षको उद्घाटन गरेका हुन् । उक्त स्तनपान स्थापना गर्नुको मुख्य उद्देश्य महिलामैत्री कार्यालय बनाउने रहेको प्रजिअ अधिकारीले बताए । जिल्ला प्रशासन […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-23)

नेपाल ओमानसँग पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।त्रिवि क्रिकेट मैदानमा बुधबार भएको ऐतिहासिक खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले दिएको एक सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४६ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७९ रनमा समेटियो । शरद भेषवाकरले ५५ […]

खाजाको पैसा जम्मा गरेर आश्रमलाई सहयोग

सुर्खेत : सुर्खेतमा रहेको एक विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजा खाने पैसा जम्मा गरेर मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । वीरेन्द्रनगर १ बाङ्गेसिलमा रहेको माउण्ट एभरेष्टका विद्यार्थीहरुले वीरेन्द्रनगर १२ मा रहेकोे मानव सेवा आश्रम सुर्खेतलाई मंगलबार सहयोग गरेका हुन् । माघ २४ गते हुन लागेको विद्यालयको बाषिकोत्सवको अवसर पारेर आश्रमलाई चामल, नुन, तेल, आलु, दाललगायतका […]

ललितानिवास जग्गा प्रकरणमा को को विरुद्ध मुद्दा ? (सूचीसहित)

काठमाडौं : बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र […]

जातीय छुवाछुत अन्त्य गर्न बनेको विधेयकमा दलितअगुवाको आपत्ति

सुर्खेत : राजनीतिकदलहरुका दलित प्रतिनीधि, नागरिक समाजका अगुवाहरुले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न बनेको विधेयक २०७६ को मस्यौदामा सुझाव दिएका छन् । भौगोलिक विकटता र मानव विकास सुच्चाङकमा पछाडी पारिएको कर्णाली प्रदेश जस्मा कुल जनसंख्या मध्ये २३ प्रतिशत जनसंख्या भएको दलित समुदायको विषयमा दलित राजनीतिक अगुवाहरुले जातीय विभेद सम्वन्धी बन्न थालेको मस्यौदामा छलफल गरी […]

नगरलाई शैक्षिक हवको रुपमा विकास गर्दैछौं मेयर : गोर्खबहादुर केसी

नगरपालिका नै भए पनि विकासको गति विस्तारै अगाडि बढ्दै छ । कर्णाली प्रदेशको रुकुमपश्चिमस्थित आठविसकोट नगरपालिका । जिल्लाकै नमूना नगर निर्माण गर्ने अभियानमा यहाँका जनप्रतिनिधिहरु छन् । भौतिक विकास निर्माण र सामाजिक सुधारमार्फत नगरलाई समृद्ध बनाइने जनप्रतिनिधिको भनाइ छ । निर्वाचित भएपछि हालसम्म जनप्रतिनिधिले के काम गरे ? काम गर्दा कस्ता चुनौती आइलागे ? अबको […]

नार्कले उत्पादन गरेको बीउ बिक्री हुँदैन

  सुर्खेत : नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले उत्पादन गरेको बिउ नै बिक्री हुन छोडेको छ । संघीय सरकार मातहतमा रहेको अनुसन्धान केन्द्रमा ३५ जना कर्मचारीको दरबन्दी छ । तर हाल २२ जना कर्मचारी मात्रै कार्यरत रहेको कृषि अनुसन्धान केन्द्रका कार्यालय प्रमुख बन्धुराज बरालले जानकारी दिए । ‘३५ जनाको दरबन्दीमा २२ जना कार्यरत छांै, […]

सचेतनामूलक ‘स्टिकर’ टाँस्दै प्रहरी

सल्यान : सल्यानमा हरेक घरहरुमा सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुरु भएको छ । स्थानीय तहहरुको सहयोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । कपुरकोट र कालिमाटी गाउँपालिकामा स्टिकर टाँस्ने अभियान सुरु भइसकेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जिल्लाको शारदा, बागचौर, वनगाँडकुपिण्डे नगरपालिका तथा छत्रेश्वरी, शिद्धकुमाख लगायतका गाउँपालिकामा […]

सुवासको अर्धशतकमा नेपाल–११ को जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ को लागि नेपाल आएको अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल प्रेसिडेन्ट–११ ले अमेरिकालाई ३७ रनले हराएको हो । नेपालले दिएको १ सय १२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३२ ओभर २ बलमा अलआउट हुँदै ७४ रनमा समेटियो । अमेरिकाका […]

विकास ओसार्ने पुल जिर्ण

कालिकोट : कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ । जिल्लाको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सिमानामा रहेको दुई वटा राजमार्ग जोड्ने उक्त झोलुङ्गे पुल जिर्ण बनेको हो । कर्णालीको भविष्यसँग जोडिएको कर्णाली करिडोर जोड्ने खुलालु पुल नबन्दा विकास ओसार्न विकल्प बनेको उक्त झोलुङ्गे पुल जिर्ण बन्दै गएपछि विकासी […]

तास किन्दा बाहिरियो १४ करोड

काठमाडौं : तास खासै महंगो वस्तु होइन । सामान्य तासको ४०–५० रुपैयाँ भन्दा धेरै पर्दैन । तर, तास किनेरै ६ महिनामा १४ करोड भन्दा धेरै रकम बाहिरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो ६ महिनामा ८८ लाख ५३ हजार ४४ प्याकेट तास आयात भएको छ। यसको मूल्य १४ करोड ८३ लाख ५४ हजार हो । […]