२०८२ बैशाख १८ गते
×

Now Playing

सुर्खेतमा मेटलाइफको नयाँ एजेन्सी स्थापना

दिनेश  बुढा

सुर्खेत : मेटलाइफले यो सातामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नयाँ एजेन्सी कार्यालय स्थापना गरि मंगलबार देखी सञ्चालन गरेको छ ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरेका छन् । उनका अनुसार यस कार्यालय लगायत अन्यको स्थापना गरि मेटलाइफको नेपालमा कुल ३२ वटा कार्यालय पु¥याउँने लक्ष्य राखेकाे छ ।

श्रेष्ठले भने ‘मेटलाईफ एजेन्सीको विस्तारले कर्णाली क्षेत्र लगायत सुर्खेत जिल्लामा रहेका सम्पुणृ कम्पनीका ग्राहकहरुलाई थप सुविधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ’, ‘भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।’

मेटलाइफ (आई.एन.सि) का सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

सन् १८६८ मा स्थापित भएका मेटलाइफ विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *