दैलेखमा जीपको ठक्करबाट बालकको मृत्यु

सुर्खेत : पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत भैरबी गाउँपालिका २ रावतकोटमा जीपको ठक्करबाट आइतबार राति एक बालकको मृत्यु भएको छ । डाडीमाडी बजारबाट दैलेख सदरमुकामतर्फ आउँदै गरेको लु १ च ६२९२ नम्बरको बोलेरो जीपले सडकमा खेलिरहेका ४ वर्षीय प्रकाश थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालकको दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । प्रहरीले जीप चालक बलबहादुर सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दैलेखमा जीपको ठक्करबाट बालकको मृत्यु

जाजरकोट–जुम्ला सडक अधुरै

दैलेखमा जीपको ठक्करबाट बालकको मृत्यु

मुआब्जा बृद्धि गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *