अस्पष्ट नीतिका कारण पत्रकारिता क्षेत्रमा चुनौती थपिँदै : महासंघ पुर्व अध्यक्ष झा

भालुबाङ्ग,२४ जेठ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रविधिको तीव्र विकास र त्यसअनुसार स्पष्ट तथा प्रभावकारी नीति निर्माण हुन नसक्दा पत्रकारिता क्षेत्र दिनप्रतिदिन जटिल बन्दै गएको बताउनुभएको छ। लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा आइतबारदेखि अर्घाखाँचीको सितगंगा नगरपालिका–८, सातमारामा सुरु भएको तीनदिने […]

गैरसरकारी संस्था महासंघको जुम्लाको अध्यक्षमा टेकबहादुर रावत

गाेल्डेन बुढा जुम्ला,२४ जेठ । जिल्लाभित्र क्रियाशील गैरसरकारी संस्थाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै सामाजिक विकास, सुशासन र नागरिकका सरोकारका मुद्दामा एकीकृत आवाज उठाउने उद्देश्यसहित गैरसरकारी संस्था महासंघ जिल्ला शाखा जुम्लाले नयाँ नेतृत्व चयन गरेको छ।आइतबार सम्पन्न महासंघको छैटौं जिल्ला साधारणसभाले टेकबहादुर रावतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा […]

बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न

बर्दिया ,२४ जेठ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा तीनदिने सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न गरेको छ । २२ जना युवा एम्बेसडरहरूको सक्रिय सहभागिता रहेको सो तालिममा मानव बेचबिखन, लैङ्गिक हिंसा, बाल संरक्षण तथा सुरक्षित आप्रवासनजस्ता सामाजिक मुद्दामा प्रभावकारी जनचेतना फैलाउन युवाहरूको अभिनय, सञ्चार, नेतृत्व तथा वकालतसम्बन्धी क्षमता […]

सहमतिबाट रास्वपा बाँकेको नेतृत्व चयन, विवेककुमार श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित

बाँके ,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि अन्ततः प्रतिस्पर्धीबीचको आपसी सहमतिका आधारमा श्रेष्ठलाई सभापति चयन गरिएको हो। रास्वपाको विधानअनुसार सभापति पदमा निर्वाचित हुन उम्मेदवारले कुल मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। […]

खाेलामा डुबेर १२ वर्षिय बालिकाकाे मृत्यु

बाँके ,२४ जेठ । राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी १२ वर्षीया लक्ष्मी खड्काको परुवा खोलामा डुबेर मृत्यु भएको छ। स्थानीयका अनुसार आइतबार दिउँसो करिब १२ बजेतिर साथीहरूसँग परुवा खोलामा नुहाउन गएकी लक्ष्मी अचानक खोलामा डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीय बासिन्दा तथा युवाहरूले उनको खोजी सुरु गरेका थिए। स्थानीय युवा निराजन दाहालका अनुसार करिब एक घण्टासम्म […]

प्रचण्ड गर्मीको प्रभाव: कोहलपुरका विद्यालय तीन दिन बन्द, बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकता

बाँके ,२४ जेठ। तराईका फाँटहरू यतिबेला प्रचण्ड घामको तापले पोलिन थालेका छन्। बिहानैदेखि तातो हावाको लहर चल्न थालेपछि जनजीवन प्रभावित बन्दै गएको छ। विशेषगरी बाँकेसहित पश्चिम तराईका जिल्लामा पछिल्ला केही दिनयता तापक्रम निरन्तर बढ्दै जाँदा विद्यालय जाने बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति चिन्ता बढेको छ। बढ्दो गर्मी र लुको जोखिमलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक […]

कालिकोटमा एचआईभी संक्रमित ५७ जना – सचेतना अभाव, असुरक्षित यौन सम्पर्क र सामाजिक चुनौती अझै कायम

हस्त चौलागाईं कालिकोट ,२४ जेठ । कालिकोटकालिकोट जिल्लामा एचआईभी संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ। पछिल्लो तथ्यांकअनुसार जिल्लामा एचआईभी संक्रमितको संख्या ५७ पुगेको छ। स्वास्थ्य क्षेत्रमा उपचार तथा परामर्श सेवा विस्तार भए पनि संक्रमण रोकथामका लागि आवश्यक सचेतना, सुरक्षित व्यवहार र नियमित परीक्षणको आवश्यकता अझै उत्तिकै देखिएको छ।कालिकोटस्थित एआरटी सेन्टरको तथ्यांकअनुसार हालसम्म एचआईभी संक्रमितको कुल दर्ता […]

कर्णाली सरकारको नीतिबाट हट्यो ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’

ओम शाही सुर्खेत, २४ जेठ । २ पुस २०७६ मा कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृहजिल्ला कालीकोट पुगेर ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम’ को तामझामका साथ सुभारम्भ गरे । छोरीलाई गरिने लैंगिक विभेदको अन्त्य, बालविवाह न्यूनीकरण, बालिकाको उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यका साथ महत्वाकांक्षी बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम सुभारम्भ भएको थियो […]

सम्पादकीय : विमानस्थल विस्तारमा राजनीति नगर 

कर्णाली प्रदेशको हवाई यातायातको एकमात्र प्रमुख ढोका सुर्खेत विमानस्थल संघीयतापछि निरन्तर चर्चाको केन्द्रमा रहँदै आएको छ । प्रत्येक वर्ष १५ जेठमा संघीय सरकारले प्रस्तुत गर्ने वार्षिक बजेटदेखि प्रदेश सरकारका नीति तथा कार्यक्रमसम्म यो विमानस्थलको विस्तार योजना अनिवार्यजस्तै समेटिन्छ । तर, नीति र भाषणमा निरन्तर दोहोरिने यो योजना व्यवहारमा भने दशक लामो अनिश्चितताको चक्रमा घुमिरहेको छ […]

नेपालगन्जमा प्रविधि राष्ट्रिय सम्मेलन 

नेपालगन्ज, २३ जेठ ।  नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।  इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका […]

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ, २३ जेठ ।  जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।  कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको […]

पोषणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न कार्यशाला 

सुर्खेत, २३ जेठ ।  नेपाल सरकारको ‘पोषणमैत्री स्थानीय शासन (एनएफएलजी)’ अभियानलाई प्रभावकारी र संस्थागत रूपमा कार्यान्वयन गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिकामा पालिकास्तरीय बजेट तथा कार्यक्रम निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  केयर, आईडीई र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यशालाको अध्यक्षता वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले गरेकी थिइन […]

लिमी चौकीमा फर्किए सुरक्षाकर्मी

हुम्ला, २३ जेठ ।  उत्तरी नाम्खा गाउँपालिका–६ लिमी सुनखानीको प्रहरी चौकी सात महिनापछि पुनःसञ्चालन भएको छ । चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबारदेखि सञ्चालन भएको हो । भारी हिमपात भएपछि  मङ्सिरको  पहिलो साता चौकी बन्द गरेर त्यहाँ कार्यरत प्रहरी जिल्ला प्रहरी कार्यालय फिर्ता भएका थिए ।  न्यालु लेकमा जमेको हिउँ पन्छाएर प्रहरी टोली लिमी पुगेको हो […]