सहकारी सुशासन र गुणस्तरीय ऋण व्यवस्थापनमा जोड, जनहितकारी सहकारीको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत,  २६ जेठ । वीरेन्द्रनगर नगरपालिका–१ स्थित टाकोमा रेष्टुरेन्टमा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा “गुणस्तरीय ऋण लगानी, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन” विषयक एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमोद कुमार घिमिरे विशेष अतिथि […]

बैजनाथमा सिकाई साझेदारी बैठक

बाँके ,२६ जेठ । जलवायु परिवर्तन सम्बन्धी बिद्यालय स्तरीय सचेतना कार्यक्रम अन्तरगत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्धारा आयोजित उक्त छलफल तथा समिक्षा बैठकमा जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो समयमा राम्रो उपलब्धी हासिल भएको प्रधानाध्यापकहरुले बताएका छन् । कार्यक्रमको बोल्दै श्री सुर्योदय माबि चिसापानीका प्रधानाध्यापक दिपक बहादुर […]

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला, २६ जेठ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल कार्यक्रम सुरु भएको छ । विद्यालय तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले एन्फाले देशभर कार्यक्रम सञ्चालन गरिरहेकामा यहाँ पनि लागू गरिएको जनाएको छ । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को ‘फुटबल फर स्कुल्स’ कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको कार्यक्रमका संयोजक धीरज रोकायाले जानकारी दिए […]

हुम्लाको टाक्चीमा लिमी रिसोर्ट 

हुम्ला, २६ जेठ ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ ।  लिमी उपत्याका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको  व्यवसायी तेन्जिन नुर्वु लामाले बताए । हिउँदयाममा बाक्लो हिमपातले बन्द भएको रिसोर्ट वर्षायाम सुरु भएपछि पुनः सञ्चालनमा आएको हो । पाँचहजार १३० […]

हरित कर र लगानी बढाउन आग्रह

काठमाडौँ, २६ जेठ ।  राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड  दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १.० : शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा विभिन्न वक्ताले जलवायु वित्त, लगानी, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित जलवायु समाधान, […]

अनुसन्धान र नवप्रर्वतनसम्बन्धी सम्मेलन 

बाँके, २६ जेठ ।  लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै ‘परिवर्तनका लागि प्रविधि’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशको दिगो विकासका लागि प्रविधिमा आधारित व्यवहारिक समाधान खोज्ने, शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीच सहकार्य विस्तार गर्ने र अनुसन्धानलाई प्रवर्‌द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो । दुई दिनसम्म […]

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला, २५ जेठ ।  जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब रु ४५ लाखबराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताए । गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर […]

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

हुम्ला, २६ जेठ ।  हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा परिचित बन्दै गएको छ । कर्णाली करिडोरसँग जोडिएको दोमुख हुम्लाको अदानचुली गाउँपालिका–१ मा पर्दछ भने हुम्ला कर्णाली नदीपारिको क्षेत्र मुगुको सोरु गाउँपालिका–३ मा पर्छ । हुम्लातर्फ रहेको दोमुख बजार अदानचुली […]

‘ब्यारेकजस्तै घर’ 

बाँके, २६ जेठ ।  बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा […]

डिजिटल माध्यमबाटै बिनाधितो १० लाखसम्म ऋण

काठमाडौं, २६ जेठ । लघु, साना तथा मझौला व्यवसायीले कारोबारमा आधारित भएर डिजिटल माध्यमबाटै कर्जा पाउन सक्ने भएका छन् । यस्ता व्यवसायीले अब डिजिटल माध्यमबाट १० लाख रूपैयाँसम्म कर्जा पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन । डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन सच्याउँदै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको […]

रास्वपा जिल्ला अधिवेशन  कर्णालीका आठ जिल्लामा चुनिए नेतृत्व

ओम शाही सुर्खेत, २६ जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्‌नो पहिलो जिल्ला अधिवेशनबाट कर्णाली प्रदेशका आठ जिल्लाका सभापति चयन गरेको छ । २०७९ को आम निर्वाचनबाट उदाएको रास्वपा गएको २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ठुलो जनाधार प्राप्त गरेपछि पहिलो पटक अधिवेशनमा होमिएको छ । रास्वपाले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार कर्णालीका नौ […]

सम्पादकीय : प्रदेश अस्पताललाई उपेक्षा किन ?

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना पुनः दोहोर्‍याएको छ । प्रदेश सरकारका हरेकजसो नीति तथा कार्यक्रम दस्तावेजमा दोहोरिँदै आएको यो घोषणा सुन्न आकर्षक लागे पनि यसको कार्यान्वयन पक्ष भने अझै कमजोर देखिन्छ । प्रतिष्ठान बनाउने लक्ष्य आफैंमा गलत होइन, […]

सेविका र प्रथाको शानदार साझेदारीमा बागमतीको पहिलो जित, कोशी २३ रनले पराजित

जारी प्रतियोगीतामा लगातार दुई खेल हारेको बागमतीले पहिलो जीत हात पार्दै हालसम्मकै सर्वाधिक स्कोर बनाएको छ । प्रतियोगिताको आप्mनो तेश्रो खेल कोशीविरुद्ध खेलेको बागमतीले २३ रनको जित हात पा¥यो । योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौं स्थानमा उल्किएको छ । कालुङचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ […]