सेविका र प्रथाको शानदार साझेदारीमा बागमतीको पहिलो जित, कोशी २३ रनले पराजित

जारी प्रतियोगीतामा लगातार दुई खेल हारेको बागमतीले पहिलो जीत हात पार्दै हालसम्मकै सर्वाधिक स्कोर बनाएको छ । प्रतियोगिताको आप्mनो तेश्रो खेल कोशीविरुद्ध खेलेको बागमतीले २३ रनको जित हात पा¥यो । योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौं स्थानमा उल्किएको छ ।
कालुङचोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो । बागमतीका लागि ओपनर सेविकाकुमारी यादव र प्रथा श्रेष्ठले उत्कृष्ट साझेदारी गरे । दुबैले १४.३ ओभर क्रिजमा टिकेर पहिलो विकेटका लागि १२३ रनको बलियो साझेदारी गरे ।
११ चौकासहित ४७ बलमा ६६ रन जोडेकी सेविका टीका शाहीको बलमा शुभेक्षा लिम्बुबाट क्याच आउट भइन् ।
त्यसको दुई ओभरपछि प्रथा पनि ४८ बल खेल्दै ११ चौकासहित ६१ रन जोडेर खिमकला घिमिरेबाट बोल्ड भइन ।
जवाफी ब्याटिङमा सम्हालिएको प्रदर्शन गरेको कोशीका प्रिन्सा राना मगरले ४१, टीका शाहले ३७ र पूर्णिमा राजवंशीले २० रन बनाए पनि अरु ब्याटर जम्न सकेनन् । अतिरिक्त पाएको ३३ रनको फाइदापनि उठाउन नसक्दा कोशीको इनिग्स १४६ मै सीमित हुनपुग्यो ।

सेविका र प्रथाको शानदार साझेदारीमा बागमतीको पहिलो जित, कोशी २३ रनले पराजित

घुयँत्राे:”रातारात ७७५ गाडी अवतरण : भन्सारमा चमत्कार

सेविका र प्रथाको शानदार साझेदारीमा बागमतीको पहिलो जित, कोशी २३ रनले पराजित

सेविका र प्रथाको शानदार साझेदारीमा बागमतीको पहिलो

Leave a comment

Your email address will not be published. Required fields are marked *