बालअधिकारका सवाललाई योजनामा समेट्न जोड, प्रभावकारी कार्यान्वयनका लागि सहकार्य आवश्यक
दाङ ,२८ जेठ । बालबालिकासम्बन्धी ऐन, कानुन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकार, स्थानीय तह, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीच बलियो सहकार्य आवश्यक रहेको लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले बताएका छन्। सेभ द चिल्ड्रेन इन्टरनेशनल, बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल (लुम्बिनी प्रदेश) र पिस नेपालको सहकार्यमा आयोजित “लुम्बिनी […]



