घुयँत्राे:”प्रधानमन्त्री खोजी अभियान: सदनमा ‘हराएका’ बालेनको पोस्टर टाँस्ने तयारी!”

प्रधानमन्त्री बालेनले नेतृत्व गर्ने सरकारकै तर्फाट लेखेर दिएकाे सरकारकाे नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेर नभ्याउँदै प्रधानमन्त्री बालेन बिहेकाे लगन छुटेझैँ गरि सदनबाट पेपत्ता भएछि खाेजि हुन थालेकाे प्रधानमन्त्री कैयौं दिन विति सक्दानि सदनाँ भेट भएनन । भेट हुन नपाएछि विपक्षिहरुले प्रधानमन्त्री काँ गए खाेजि ल्याईदेउ भनेर सभामुखलाई भाँति विन्ति गर्दा नि सभामुखले नल्याईदेछि बिचरा प्रतिपक्षहरु सदनाँ गर्नु रुवाबासी गरे । तर के गर्ने ती निर्दयी सभामुख भनम् कि सत्तासिन दलका सभापति रबि लाम्छाने भनम् दुईटैले विपक्षिलाई नटेर्या हुनकि बालेन का अघि परेर सदनाँ प्रधानमन्त्रीकाे खाेजि भै राकुरा भन्न नसक्या हुन बालेनकाे कतै पत्ताेभएन । तीलसभामुख र पाटिसभापतिकाे केही नचलेछि सदनाँ हाम्राे प्रधानमन्त्री कता वेपत्ता बनाई देउ, सदन भित्र राष्ट्रपति राम चन्द्र पाैडेललाई एक्लै छाेडेर कुलेलम ठाेक्नु पर्ने र राष्ट्रपतिकै अपमान हुने गरि प्रधानमन्त्री भाग्नु पर्ने कारण के पराे हाम्लाई बताईदेउन भनेर रातदिन कराउँदा कराउँदा हारथाक भाका विपक्षिलाई देखेछि एक दिन सान्त्वना दिन प्रधानमन्त्री सदनाँ प्रकट भए ! आउन त आए तर के आउनुथ्याे विपक्षि दलहरुलेनै नबुझ्ने गरि अन्टमसन्टम बकेर प्रतिपक्षले बुझ्न खाेजेकाे कुरै नबुझाएर झन हरिविजाेग हुनेगरि राेष्टमबाट फलाकेर निस्किय ।सदनाँ सांसदहरुले उठा कुरा जवाफ दिने ठाँ , काँ नेपालले भारतकाे सिमाना मिच्याछ भनी फाल्दे र नेपालकाे सदनाँ मात्रै हैन कि भारतिय सन्चार माध्यमाँ समेत तहल्का मच्चाएर छाेडदे तनि । उनका तिनै कुराले भारतका सन्चार माध्यमले नि २/४ दिन काम पाए भने यता हाम्रा विपक्षि दलहरुलाई नि ” के निउ पाम कनिका बुकाम ” भन्ने भै गाे नि ।आँफुलाई लाग्या कुरा आजसम्म हाम्राे देशकाे सिमा भारतले मिचिराछ भन्ने बुझ्या जनता र नेताका अगाडि नेपालले भारतकाे सिमा मिच्याछ भनेर सदनाँचिच्याएर हिँड्या प्रधानमन्त्री सदनाँ भेट्टिनै असम्भब देखेछि विचरा विपक्षिहरु कायल भएर सदनाँ सरकारकाे विराेधै नगर्ने भनेर हिजाे बुधबाराट नियमित सदनकाे कार्वाहि अघि बढाउनेतिर लागे भन्ने सुनिँदैछ । साँच्चै प्रधानमन्त्री राष्ट्रपतिले सरकाकाे कार्यक्रम पढन शुरु गर्दै सदनाट बाहिरिनुकाे कारण के हाेला? ऐले धेरैकाे मनाँ उत्सुकता जाग्याछ । वास्तविकता त प्रधानमन्त्रीलेनै नभनि था हुन्न ।तर, धेरै मान्छेले चाइँ रास्वपा त्यसाँनि बालेन शाहकाे टिम देशाँ राष्टपति प्रणालि हैनकि राजशाहिकाे पक्षाँ छ त्यसैले प्रधानमन्त्रीले आफ्नाे चाहनालाई त्यै दिनमा अभिव्यक्त गरेका हुन भन्ने गरेका छन भने कसैले राष्ट्रपति पाैडेललाई बालेनशाहले पटक्कै निकाे नमान्ने भएका कारण यै माैका पारेर उनिप्रति यस्तो व्यवहार गरे उनी राष्ट्रपति पद छाेडेर जालान र आँफुले चाहेकाे कुराका लागि बाटो खुल्ला भनेर पनि यसाे गरिएकाे हुन सक्दछ । त्याे हाम्राे अनुमान मात्रै हाे । तर जे भएनि विपक्षिहरु हिजाेबाट तिताेपिराे विर्सेर सरकारलाई सहयाेग गर्न तयार भएका छन ।यहि कुरालाई सरकारले पनि सकारात्मकरुपमा लिएर एक अर्काकने सहयाेगमा देश विकासमा जुटनु पर्दछ । काँग्रेस भनेकाे नि विम्मेवार पाटि हाे । यदि साच्चिकै हिजाेका दिनमा यसले गरेका लगानिलाई खेर जान नदिने हाे र देर जनताकाे समृद्धि नै आफ्नाे सर्वाेपरि लक्ष्य हाे भन्ने मान्ने हाे भने दुबैदल मिलेर काममा लाग्नु पर्दछ । यदि यी दुई दलहरुले बदलाकाे भावनाबाट प्रेरित भएर काम गर्न थाले भने त्यसले देश र जनतालाई घाटा पुर्याउन सक्दछ । यदि दुबै दलकाे उद्देश्य जनता र देशकाे समृद्धि हाे भने संविधान संसाेधन, भष्टाचारकाे अन्त्य, सुशासनकाे स्थापना र देश सन्चालनका लागि आबस्यक पर्ने सम्पूर्ण कानुन बनाउन दुबै दलले हातेमालाे गर्नु पर्छ । अन्यथा एकले अर्कालाई पख्लास र खालास काे भावनाले हेरि रहने हाे भने याे देशकाे कैल्यैउन्नति हुनेछैन । प्रतिपक्षका नेताहरु र सरकार चलाउनेहरुमा चेतना भया !
” बिरसिक्का”

घुयँत्राे:”प्रधानमन्त्री खोजी अभियान: सदनमा ‘हराएका’ बालेनको पोस्टर टाँस्ने तयारी!”

सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल

Leave a comment

Your email address will not be published. Required fields are marked *