पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

पोखरा, २७ जेठ ।  फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि […]

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर, २७ जेठ ।  वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको […]

‘एयर पोलुशन स्टेशन’ स्थापनापछि  राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज

दाङ, २७ जेठ ।  राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको अवस्था विश्लेषण गर्न सहज भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यहाँ राखिएको मेसिनले पालिकाभित्रको वातावरण प्रदूषणको अवस्था थाहा हुने भएकाले वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज भएको बताए ।  उक्त यन्त्रले २४ घण्टा नै वातावरणको निगरानी […]

बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप

राजु सिलवाल    चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ ।  नेपालको […]

बर्दियाका तीन क्षेत्रमा ‘एक घर, एक पढाइ कुनायुक्त वडा/टोल’ घोषणा

बर्दिया ,२७ जेठ । बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि, घरमै अध्ययनमैत्री वातावरण निर्माण तथा अभिभावकको सहभागिता सुदृढ गर्ने उद्देश्यले बर्दिया जिल्लाका तीन क्षेत्रलाई “एक घर, एक पढाइ कुनायुक्त वडा/टोल” क्षेत्र घोषणा गरिएको छ। बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिका–७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल तथा […]

बालिका शसक्त परियोजनाको उपलब्धि समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न

बाँके ,२७ जेठ  ।  बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरेको बालिका शसक्त परियोजनाका उपलब्धि, सिकाइ तथा दिगोपनाका पक्षहरूको समीक्षा गर्ने उद्देश्यले निकास बैठक तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्री गौतम, वडा नं. १, २, ४, ५, ११ र १२ का वडा अध्यक्षहरू, वरिष्ठ सामाजिक विकास […]

कालीकोटमा बाघको आक्रमणमा एक जना घाइते

हस्त चौलागाईं कालिकोट ,२७ जेठ । कालीकोटमा बाघको आक्रमणबाट एक जना स्थानीय घाइते भएका छन्। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ निवासी नेत्रराज शाही आज बिहान बाघको आक्रमणमा परेर घाइते भएका हुन्। प्राप्त जानकारी अनुसार शाही बिहान करिब ७ बजे घरमा पालेको बङ्गुर चराउन लैजाँदै थिए। सोही क्रममा सान्तीघाट राजमार्ग नजिकैको क्षेत्रमा अचानक बाघले उनीमाथि आक्रमण गरेको बताइएको […]

‘एयर पोलुसन स्टेशन’ले राप्तीमा सहज

दाङ, २७ जेठ ।  राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकाभित्रको वातावरण प्रदुषणको अवस्थाका बारेमा थाहा दिन्छ । वातावरण संरक्षण, वृक्षरोपण, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसम्बन्धी योजना बनाउन सहज हुने गरेको अध्यक्ष विष्टको भनाइ छ । “हाल पालिकाभित्र उद्योग, सवारीसाधन र अन्य […]

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार

कञ्चनपुर, २७ जेठ ।  पर्यावरणमैत्री पर्यटन प्रवद्र्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास (होमस्टे)मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ ।  विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ । शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा आठ […]

भैँसीपालनमा भविष्य खोज्दै रामसुहावन

बाँके, २७ जेठ ।  बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ । हाल उनको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी छन् । यादव बाँके जिल्लाकै मिहिनेती भैँसीपालक किसान बनेका छन् । भैँसीको हेरचाहदेखि दूध सङ्कलन र व्यवस्थापनसम्ममा उहाँका छोराछोरी, बुहारी र […]

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी  

कैलाली, २७ जेठ ।  गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आएका छन् । सात वर्षअघि दुईवटा बङ्गुरबाट सुरु गरेको व्यवसायलाई उहाँले अहिले सानाठूला गरी ११० वटा बङ्गुरसम्म विस्तार गर्न सफल भएका छन् । रावलले बङ्गुरका पाठापाठीलाई ४५ दिनसम्म हुर्काएर प्रतिपाठा रु सात हजारसम्ममा बिक्री गर्छन […]

यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू 

काठमाडौँ, २७ जेठ ।  विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेका छन् ।  विगतका सरकारले विभिन्न बहाना बनाउँदै […]

महाकाली सिँचाइ आयोजनाः सिँचाइक्षेत्र विस्तार गरिँदै

महेन्द्रनगर, २७ जेठ ।  सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल […]