विश्वकप २०२६ : चेक गणतन्त्र र दक्षिण कोरियाबीच कडा प्रतिस्पर्धा

काठमाडौं,२९ जेठ । जारी फिफा विश्वकप २०२६ को दोस्रो खेलमा चेक गणतन्त्रले दोस्रो हाफको ५९ औं मिनेटमा गोल गर्दै दक्षिण कोरियामाथि १–० को अग्रता लियो  । मोक्सिकोको ग्वाडालजारा रंगशाला जारी खेलमा चेक गणतन्त्रका लागि लाडिस्लाभ क्रेजीले पहिलो गोल गरे । तर दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा होङ इन बियोमले बराबरी गोल फर्काए । दुवै […]

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ,२९ जेठ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ […]

लुम्बिनी मन्त्रिपरिषद् : प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावली स्वीकृत

दाङ ,२९ जेठ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बिहीबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बेलुका बसेको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषद्बाट […]

बैजनाथमा ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण

बाँके ,२९ जेठ । किसानसँग पालिका प्रमुख कार्यक्रमअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ। कृषि उपजको तौल मापनलाई पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउने उद्देश्यसहित चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममार्फत ७६ जना किसानलाई ७६ थान डिजिटल तराजु वितरण गरिएको हो। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर […]

पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट, २९ जेठ । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो । दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला […]

१० अगुवा कृषकलाई परागसेचकमैत्री  कृषिमा आधारित प्रशिक्षक तालिम 

सुर्खेत, २९ जेठ ।  अगुवा कृषकहरूलाई परागसेचकमैत्री कृषिमा आधारित सात दिने प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । सुर्खेतका दुई स्थानीय तह वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाका १० अगुवा कृषकलाई २२–२८ जेठसम्म प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो । उक्त तालिम हर्ड इन्टरनेसनल अन्तर्गत सञ्चालित नेपाल परागसेचन परियोजनाको आयोजनामा बिहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । तालिमको मुख्य […]

कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह 

नेपालगन्ज, २९ जेठ ।  बाँकेको नौवस्तास्थित कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न आग्रह गरिएको छ । एड्भोकेसी फोरम नेपाल र नेपालगञ्ज उच्च बार एसोसिएसनको संयुक्त टोलीले गरेको अनुगमनपछि तयार गरिएको प्रतिवेदनले सो कुरा औँल्याएको हो । केहीदिनअघि नेपालगञ्ज उच्च बारसँगको समन्वयमा एड्भोकेसी फोरम नेपालले कारागार कार्यालय नौवस्ता, बाँकेको स्थलगत अनुगमन गरेको थियो । प्रतिवेदनमा गत जेठ […]

सुशासनमा कर्णाली सरकारको कडा कदम प्रशासनिक संरचनामा व्यापक हेरफेर

ओम शाही सुर्खेत, २९ जेठ ।  कर्णाली प्रदेश सरकारले आफु मातहतका प्रशासनिक संरचनामा व्यापक हेरफेर गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारद्वारा यसअघि गठन गरेको संगठन पुनर्संरचना उच्चस्तरीय अध्ययन समितिको सुझावका आधारमा प्रशासनिक संरचनामा हेरफेर गरेको हो । सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, […]

यु–१९ महिला राष्ट्रिय क्रिकेट मधेस र सुदूरको प्रभाव जारी, कर्णालीलाई निराशाको भारी

सुर्खेत, २९ जेठ । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौ दिनको खेल सकिदासम्म मधेस र सुदूरपश्चिमले उपाधि भीडन्तको सम्भावनालाई बलियो बनाएका छन् । बिहीबार भएका खेलमा सुदूरपश्चिमले घरेलु टोली कर्णालीलाई ८८ रन र मधेसले गण्डकीमाथि तीन रनको नतिजा निकालेर अंक तालिकाको शीर्ष स्थानमा आलोपालो गर्दै उपाधि भीडन्त बलियो बनाएका हुन् । […]

बाँकेको डेन्टल क्लिनिक अनुगमन : गैरचिकित्सकद्वारा सेवा

बाँके, २९ जेठ ।  बाँकेको नेपालगञ्ज र कोहलपुरमा सञ्चालनमा रहेका डेन्टल क्लिनिकले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष उपस्थितिबिना नै गैरचिकित्सकबाट बिरामी जाँच्ने र उपचार गर्ने गरेका पाइएका छन् । नेपाल मेडिकल काउन्सिलको टोलीले हालै गरेको  ती दुई स्थानमा गरिएको स्थलगत अनुगमनका क्रममा डेन्टल क्लिनिकमा ती तथ्य फेला पारेको नेपाल मेडिकल काउन्सिलका सदस्य तथा अनुगमन टोलीका संयोजक डा […]

अन्तर्वार्ता : निर्धक्क भएर सम्पत्तिको स्रोत देखाउनुस् : अध्यक्ष भण्डारी

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ । आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइआएको घरजग्गा तथा जागिरबाट प्राप्त तलब, भत्तालगायत वैध कामबाट जोडिएको सम्पत्ति उल्लेख गर्न डराउन र हिचकिचाउन नपर्ने स्पष्ट पारेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले रासससँग भन्नुभयो, “कर्मचारीको तलब, भत्ता, […]

सम्पादकीय : संघीय अनुदानको सदुपयोग गर !

कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय सरकारबाट १७ अर्ब २० करोड ८२ लाख रुपैयाँभन्दा बढी अनुदान प्राप्त गर्ने भएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्राप्त हुने यो रकम प्रदेशको सीमित आन्तरिक आम्दानी, कमजोर आर्थिक आधार र विकासका उच्च आवश्यकताबीच निकै महत्वपूर्ण अवसर हो । अझ प्रदेशतर्फ संघीय अनुदान प्राप्त गर्ने सात प्रदेशमध्ये […]

बालअधिकारका सवाललाई योजनामा समेट्न जोड, प्रभावकारी कार्यान्वयनका लागि सहकार्य आवश्यक

दाङ ,२८ जेठ । बालबालिकासम्बन्धी ऐन, कानुन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकार, स्थानीय तह, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीच बलियो सहकार्य आवश्यक रहेको लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले बताएका छन्। सेभ द चिल्ड्रेन इन्टरनेशनल, बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल (लुम्बिनी प्रदेश) र पिस नेपालको सहकार्यमा आयोजित “लुम्बिनी […]