सिमकोट पूर्ण खोप सुनिश्चित गाउँपालिका 

हुम्ला, ३० जेठ ।  हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।  गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै […]

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

चितवन, ३० जेठ ।  जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारवटा चार्जिङ  उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो ।   भरतपुर महानगरपालिका–१० मा रहेको आफ्‌नै परिषरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार […]

खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’

नरेन्द्रसिंह कार्की/रासस दार्चुला, ३० जेठ ।  सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको खलङ्गा–खार सडकखण्ड अझै अधुरै छ । आर्थिक वर्ष २०७५/०७६ मै प्रदेश गौरवको सडक घोषणा गरिएको यो योजनामा हालसम्म सात किलोमिटर क्षेत्रमा समेत प्रभावकारी काम हुन सकेको छैन । खलङ्गा–खार हुँदै गोकुलेश्वर जोड्ने छोटो दूरीको यो सडक निर्माण अधुरै हुँदा सर्वसाधारणले जोखिमपूर्ण […]

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन सुरु गरेको भित्तेचित्र अभियानले सहरको रूप बदलिँदै गएको छ । धुलो, मैलो र जथाभावी फोहरको चपेटामा परेका कङ्क्रिटका फुस्रा पर्खालमा भित्तेचित्रले सहरको सौन्दर्यमा एउटा नयाँ र उमङ्गमय रङ थपिदिएको छ । उपमहानगरपालिकाको यस पहललाई ‘क्रियटिभ आर्ट’ समूहका स्थानीय कलाकारहरूले आफ्नो सिर्जना र पसिनाले […]

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित 

कञ्चनपुर, ३० जेठ ।  पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिमका सडक योजना प्रभावित भएका छन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरअन्तर्गत सञ्चालनमा रहेका कालोपत्रसम्बन्धी अधिकांश आयोजनाको कार्य अगाडि नबढ्दा चालु आर्थिक वर्षको पुँजीगत खर्चसमेत प्रभावित हुने देखिएको छ । अलकत्रा (विटुमिन) लगायत निर्माण सामग्रीको अभावले निर्माण अगाडि बढ्न नसकेको हो । सडक […]

कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

कैलाली, ३० जेठ ।  कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए ।  उनका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको […]

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना 

काठमाडौँ, ३० जेठ ।  सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्रोस्पेरिटी प्रोजेक्ट–एनक्याप)’ आगामी आर्थिक वर्ष २०८३/०८४ देखि कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।  नेपालमा वायु प्रदूषण नियन्त्रण, औद्योगिक क्षेत्रको हरित रूपान्तरण तथा स्वच्छ हावा प्रवर्‌द्धनका लागि करिब रु […]

सिम्तामा खानेपानी तथा सरसफाइ योजनाको दिगोपनाका लागि मर्मत–सम्भार कार्यशाला तथा नीति अभिमुखीकरण

सुर्खेत ,३० जेठ । सुर्खेतको सिम्ता गाउँपालिकामा खानेपानी तथा सरसफाइ योजनाको दीर्घकालीन दिगोपना तथा प्रभावकारी व्यवस्थापनका लागि मर्मत–सम्भार कार्यशाला गोष्ठी तथा नवप्रस्तावित नीति–निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सामाजिक र प्राविधिक सहजीकरणमा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दको अध्यक्षतामा […]

बढैयातालमा विपद् सचेतना नमूना अभ्यास सम्पन्न, आगलागी नियन्त्रणका उपायबारे व्यावहारिक प्रदर्शन

बाँके ,३० जेठ । बर्दियाको बढैयाताल गाउँपालिकामा विपद् व्यवस्थापन तथा विपद्बाट जोगिने उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक नमूना अभ्यास सम्पन्न गरिएको छ। गाउँपालिकामा सञ्चालन गरिएको पूर्वानुमानमा आधारित पूर्वकार्य तथा कार्यढाँचा निर्माण सम्बन्धी तीनदिने तालिमको समापनका अवसरमा उक्त अभ्यास गरिएको हो। नमूना अभ्यासका क्रममा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा बल बढैयाताल–२ जमुनीका प्रमुख सशस्त्र […]

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

 बाँके ,३० जेठ । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ । निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनाका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ । निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको […]

शिक्षकहरुद्वारा एआईको सही प्रयोगसम्बन्धी प्रतिबद्धता जारी

नेपालगञ्ज ,३० जेठ । बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले संभवतः नेपालमै पहिलो पटक ‘शिक्षणमा एआईको प्रयोगसम्बन्धी १६ बुँदे प्रतिबद्धतापत्र’ जारी गरेका छन्। शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित, सिर्जनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धतासहित जारी गरिएको प्रतिबद्धतापत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ । त्यसैगरी शिक्षण तथा मूल्याङ्कनको अन्तिम जिम्मेवारी स्वयं बहन […]

दाङमा जेसीबीले खन्याएको बालुवाले पुरिएर मजदुरको मृत्यु, चालक नियन्त्रणमा

दाङ,३० जेठ । कालाकाटे -सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले त्यहाँ मानिस रहेको थाहा नपाई बालुवा खन्याएका थिए । […]

कर्णाली कोरिडोर बन्दको विरोध

सुर्खेत, ३० जेठ ।  बाजुरा र हुम्लाको सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद फेरि सतहमा आएको छ । विवादित क्षेत्रलाई लिएर बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक आन्दोलनमा उत्रिएका छन् ।  शुक्रबार दिउँसो हुम्लाका स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले बाजुरातर्फबाट सडक बन्द गरिनु हुम्लामाथिको अन्याय भएको भन्दै तत्काल […]