प्राविधिक शिक्षालयका प्रशिक्षकहरूका लागि सीपमूलक प्रशिक्षण 

सुर्खेत, २ असार ।  कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षकका लागि सुर्खेतमा सीपमूलक प्रशिक्षण सञ्चालन गरेको छ । कर्णााली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि सीपमूलक प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षण यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।  प्रशिक्षणको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घरेलु क्षेत्रमै रोजगार बजार सृजनाका लागि पर्याप्त […]

नेपालगञ्जमा वडा कप शारीरिक सुगठन प्रतियोगिता 

बाँके, २ असार । नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा सम्पन्न प्रतियोगिताले जिल्लामा शारीरिक सुगठन खेलको बढ्दो लोकप्रियता मात्र नभई युवापुस्तामा स्वस्थ जीवनशैली, अनुशासन र फिटनेस संस्कृतिप्रतिको आकर्षण पनि उजागर गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले उद्घाटन […]

राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा 

दाङ, २ असार ।  दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । संस्थागत प्रसूतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले पालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा गरेका हुन । त्यस अवसरमा उहाँले प्रसूति सेवालाई गुणस्तरयुक्त बनाउनुपर्नेमा […]

कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर

कालीकोट, २ असार ।  कालीकोटको दुर्गम गाउँ पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् ।  पलाँता गाउँपालिका–४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको जनाइएको छ ।  जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट खटिएको २५ सदस्यीय विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले दुई स्वास्थ्य […]

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

काठमाडौँ, २ असार ।  विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा विज्ञसँगको छलफलमा उहाँले बर्दिवास, धनगढी, बुटवल र वीरेन्द्रनगरमा  रहेका प्रयोगशालाको भौतिक संरचना निर्माण गरिने जानकारी […]

नेपालगन्जमा ऐतिहाँसिक तलाउ मासिँदै

बाँके, २ असार ।  अत्याधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन तालतलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ । नेपालगन्ज उपमहानगरपालिका–८ रङ्गशाला नजिकै रहेको ऐतिहाँसिक धोबीताल संरक्षणको अभावमा यतिबेला सङ्कटमा परेको छ ।  कुनै समय नेपालगन्जका धोबी समुदायले कपडा धुने र स्थानीयले सिङ्गडाखेती गर्ने यो ताल पछिल्लो समय […]

आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव

काठमाडौँ, २ असार ।  नेपाल डेभलपमेन्ट वाच (नेडेव)ले सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेट सुधारोन्मुख नीतिगत दिशातर्फ उन्मुख रहेको बताएको छ । बजेटले आर्थिक वृद्धि लक्ष्यसँगै सीमान्तकृत समुदायका लागि लक्षित हस्तक्षेप आवश्यक रहेको नेडेवले जनाएको छ । उक्त संस्थाले संस्थाले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट १८ मा झार्ने तथा ३१ वटा निकाय खारेज वा […]

कस्तो छ सात प्रतिशत बढेर  आएको कर्णाली सरकारको बजेट ?

ओम शाही सुर्खेत, २ असार । कर्णाली प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वय गर्न बजेट सार्वजनिक गरेका हुन् । उनले आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट […]

सम्पादकीय : बजेटलाई कार्यान्वयनमुखी बनाऊ 

कर्णाली प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले प्रदेशसभामा बजेट प्रस्तुत गर्दा कर्णालीवासीको अपेक्षा केवल बजेटको आकारमा मात्रै सीमित छैन । बरु त्यसको प्रभावकारी कार्यान्वयन र प्रतिफलमा केन्द्रित छ । विगतका अनुभवले बजेटको परिमाणभन्दा पनि त्यसको सही प्राथमिकता निर्धारण, समयमै खर्च […]

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ अभियानलाई निरन्तरता

दाङ ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार […]

आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति

दाङ ,१ असार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका(देउखुरी) मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो । बैठकपछि […]

बर्दियाका दुई पालिकाका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन

बर्दिया, १ असार । बर्दियाको मधुवन र ठाकुरबाबा नगरपालिकाका सय युवालाई स्वरोजगार बनाउँदै आर्थिक रुपमा सक्षम बनाउने अभियान अन्तर्गतको कार्यक्रमको घरधुरीस्तरीय स्थलगत अनुगमन गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा ती दुई पालिकामा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूको घरधुरीस्तरीय अनुगमन गरिएको हो । […]

घुयँत्राे:”ठूलो दल हुनेबित्तिकै किचलोको निःशुल्क सदस्यता !”

जति जति दल ठूलाे हुँदै गाे दलभित्र त्यति त्यति किचलाे शुरु हुन्छ भन्ने कुरा पुराना दल एमाले काँग्रेसले मात्रै हैन कि यसपटक रास्वपाले नि प्रमाणित गर्याे । सदनमा दुई तिहाई ल्याएकाे रास्वपा त्यै दुईतिहाईकै गर्जनमा यै असाराँ पैलाे महाधिवेशन गर्नै लाग्दा जिल्ला र प्रदेश अधिवेशनाँ आँफुआँफू लडेर भाँडभैलाे गर्याछन । जिल्ला अधिवेशनाँ तराईतिरकाे मुक्का मुक्कि […]