कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट, ४ असार ।  कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन् ।  तिलागुफा नगरपालिका–१० को रुरुबन्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेकमा र महावै गाउँपालिका–२ को महावै पाटन क्षेत्रमा रेडपाण्डा भेटिएको […]

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी 

काठमाडौँ, ४ असार ।  नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए । “सुरुङमार्गभित्रका […]

कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने

सुर्खेत, ४ असार ।  कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ […]

रास्वपा कर्णालीको पदाधिकारी चयन

सुर्खेत, ४ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमिति सदस्यहरु मध्येबाट पदाधिकारी चयन गरिएको हो । कर्णाली प्रदेश समितिको सभापतिमा मदन खड्का निर्वाचिन भएका थिए भने निर्वाचित सदस्यहरु मध्येबाट अरु पदाधिकारी चयन गरिएको छ । समितिको उपसभापतिमा तुलाराज शाही, महामन्त्रीमा ललित चन्द, सहमहामन्त्रीमा राज बहादुर शाही […]

बालिकामाथी जबरजस्ती करणी आरोपमा एक पक्राउ

दैलेख, ४ असार । भगवतीमाई गाउँपालिका –२ स्थित सल्लेघारी जंगलमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नारायण नगरपालिका–४ निवासी ३२ वर्षीय शिभराज रेग्मी रहेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार असार २ गते भएको घटनाबारे अनुसन्धान जारी रहेको […]

भेरीगंगाको नीति तथा कार्यक्रम सार्वजनिक  पूर्वाधारदेखि रोजगारीसम्म प्राथमिकता 

सुर्खेत, ४ असार । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि “समृद्ध भेरीगंगा, सुखी भेरीगंगाबासी” भन्ने नारासहित वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा नगर प्रमुख यज्ञप्रसाद ढकालले सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल नगरपालिका, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै नीति तथा […]

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

कैलाली, ४ असार ।  कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए । बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको […]

उज्यालो बन्दै विश्वप्रसिद्ध पदमार्ग एबिसी पदमार्ग 

कास्की, ४ असार ।  विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्न्पूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो । कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने […]

विद्यालयलाई अनुदान : शिक्षक विद्यार्थीलाई पुरस्कार

कैलाली, ४ असार ।  कैलालीको जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अनुदानदेखि शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्न थालेको छ । शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई गाउँपालिकाले नतिजामा आधारित अनुदान प्रदान गरेको छ । नतिजामा आधारित अनुदान वितरणका लागि गाउँपालिकाले कार्यविधि बनाएर शैक्षिक गुणस्तर बढाउनका लागि त्यस्तो व्यवस्था लागू गरेको हो […]

जैविक विविधतामाथी बढ्दो खतरा

इन्द्राकुमारी केसी/रासस कैलालीको गौरीगङ्गा नगरपालिका–४ स्थित वसन्ता हरियाली, कालिका तथा वडा नं ८ मा रहेको गौरीगणेश र शिवशक्ति सामुदायिक वन क्षेत्र जैविक विविधता संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन् । हरियाली, प्राकृतिक सौन्दर्य र वन सम्पदाले समृद्ध यी वन क्षेत्र तराई र चुरे भूभागलाई जोड्ने महत्त्वपूर्ण जैविक कोरिडोर (वन्यजन्तु आवतजावत मार्ग) का रूपमा रहेका छन् ।  […]

सम्पादकीय : एमयू स्थापनाका १६ वर्ष

मध्यपश्चिम विश्वविद्यालय (एमयू) बुधबार आफ्नो शैक्षिक इतिहासको १६ औं वार्षिकोत्सव मनाएको छ । यो कर्णाली प्रदेशको उच्च शिक्षाको विकास यात्राको ऐतिहासिक उपलब्धि पनि हो । स्थापना कालको संघर्षदेखि आजको विस्तारित संरचनासम्मको यात्रा एमयूलाई कर्णालीको शैक्षिक चेतना, पहुँच र आकांक्षासँग जोडिएको संस्थाका रूपमा स्थापित गरेको छ । यस वर्षको दीक्षान्त समारोहमा करिब १९ सय २८ विद्यार्थी […]

सिंजामा पहिलोपटक एनसीसी तालिम

गाेल्डेन बुढा जुम्ला,३ असार । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ रहेको कनकासुन्दरी माध्यमिक विद्यालय लुड्कुमा राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरिएको छ। देविदत्त गण जुम्लाको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो। सिंजा क्षेत्रमा पहिलोपटक यो तालिम गरिएको हो।गणपति प्रमुख सेनानी धिरज थापाका अनुसार ५२ एनसीसी ब्याच राष्ट्रिय सेवा दल जुनियर तालिमको शुभारम्भ भएको थियो। […]

जुम्लाको गिडिदहमा पर्यावरण संरक्षण तथा जलवायु सम्मेलन!

गाेल्डेन बुढा जुम्ला,३ असार। समुद्री सतहदेखि ३ हजार ४ सय ८५ मिटर उचाइमा अवस्थित गिडिदह लामो समयसम्म स्थानीय जनजीवन र किंवदन्तीभित्र सीमित थियो। जुम्लाकै सबैभन्दा ठूलो तालमध्ये एक भए पनि दुर्गम भूगोल, पहुँच अभाव र राज्यको बेवास्ताका कारण यो प्राकृतिक सम्पदा वर्षौंसम्म राष्ट्रिय चर्चा बाहिर रह्यो। तर पछिल्ला चार वर्षमा भएका अध्ययन, सम्मेलन, पूर्वाधार निर्माण […]