दुई रात जङ्गलमा हराएका तीन बालक सकुशल फेला
गाेल्डेन बुढा जुम्ला,५ असार । विद्यालय जान भनी घरबाट निस्किएका जुम्लाको सिँजा गाउँपालिका–२, अवस्थीबाडाका तीन बालक दुई दिनपछि जङ्गलमा सकुशल फेला परेका छन्। हराएका बालकको खोजीमा अभिभावक, स्थानीयवासी र प्रहरी परिचालित भएपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उनीहरू भेटिएका हुन्।फेला पर्ने बालकहरूमा खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त […]



