कर्णाली खेलकुदको हब बन्दैछ : मन्त्री शाह
सुर्खेत, ५ असार । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले यो क्षेत्रलाई खेल हबका रूपमा विकास गरिने बताएका छन् । शुक्रबार (असार ५) सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् । कर्णालीको भूमिमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय […]



