शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा 

कञ्चनपुर, ५ असार । 

दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरिएको शीतभण्डार सञ्चालनमा नआउँदा किसान भने मर्कामा परेका छन् ।   सुदूरपश्चिम प्रदेशले शीतभण्डार आर्थिक वर्ष २०७९ मा दोधारा चाँदनी नगरपालिकालाई  हस्तान्तरण गरेको थियो । प्रदेश सरकारको कूल रु ६० लाखको लागतमा निर्माण पूरा भएको शीतभण्डार सञ्चालनमा नआपछि स्थानीय कृषकका आलु तथा प्याजलगायतका तरकारी कुहिने समस्यामा परेको स्थानीय कृषकहरूले गुनासो गर्न थालेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेर हस्तान्तरण गरेको शीतभण्डार सञ्चालनका लागि ‘थ्री फेज’ विद्युत् लाइन जडान गर्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको दोधारा चाँदनी नगरपालिकाका कृषि विकास अधिकृत कमलावती भट्टले जानकारी दिए । 

यस वर्ष पाँचकट्ठा क्षेत्रफलमा आलुखेती गरेका दोधारा चाँदनी नगरपालिकाका प्रेम रोकायाले  भण्डारण गर्ने उचित ठाउँ नहुँदा उचित मूल्य नपाउने गरेको बताए । उनले  शीतभण्डार सञ्चालन नहुँदा बिउका लागि छुट्याएर राखेको आलुसमेत कुहिन थालेको बताए ।  पछिल्लो समय सरकारले दिने अनुदानका कारण तरकारी खेतीमा आकर्षण बढे पनि उत्पादनलाई सुरक्षित भण्डार गर्न नसक्दा यहाँका किसानहरूले नोक्सानी बेहार्नुपरेको छ 

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा 

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६

Leave a comment

Your email address will not be published. Required fields are marked *