जुम्लाका राजन रोकायले जिते एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधी

सुर्खेत ,८ असार । एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधी जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत आज भएको २१ किलोमिटर दौड रोकायले एक घण्टा नौ मिनेट ३१ सकेण्डमा पुरा […]

भूकम्पीय जोखिम न्यूनीकरणका लागि नेपालगञ्जमा कृत्रिम विपद् अभ्यास

बाँके ,८ असार । नेपालगञ्जमा भूकम्पीय जोखिमप्रति पूर्व तयारी सुदृढ गर्दै विपद् प्रतिकार्य क्षमताको परीक्षण गर्न कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन) सम्पन्न गरिएको छ। विपद्का बेला हुने सम्भावित चुनौतीहरूको सामना गर्न स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूबीचको समन्वय र कार्यसम्पादन क्षमतालाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास आयोजना गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिकामा […]

विभेदकारी विज्ञापन नीति खारेज गर्न माग गर्दै ‘बुटवल घोषणापत्र २०८३’ जारी

बुटवल, ८ असार । नेपालका सञ्चारमाध्यमहरू गम्भीर आर्थिक संकटबाट गुज्रिरहेका बेला बुटवलमा सम्पन्न चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न माग गर्दै ‘बुटवल घोषणापत्र २०८३’ जारी गरेको छ। प्रकाशन तथा प्रसारण संघ लुम्बिनी र नेपाल मिडिया सोसाइटीको संयुक्त आयोजनामा असार ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्पन्न सम्मेलनमा सहभागी प्रकाशक, सम्पादक, […]

घुयँत्राे:”रविको महाधिवेशन, पुराना नेताको पेट दुखाइ !”

हिजाेदेखि चितवनाँ भै राकाे जेनजी पाटिकाे महाधिवेशनकाे निम्ताेमा पुराना दलका ठूला नेताहरु नगएर तल्लाे तहका नेताहरलाई पठाएछि धेरैले सामाजिक सन्जालाँ धेरै कुरा गर्याछन । एक त जुनमान्छेलाई सहकारी ठग र राज्यद्राेहकाे अपराध लगाएर कैलेकाे पाेखरा त कैलेकाे भैरहवा अनि कैलेकाे जनकपुर र कैलेकाे काठमाण्डु दाैडाईदाैडाई हत्तु बनाईयाे । अनि त्यस्सैकाे पाटिकाे महाधिवेशनाँ के नाकले जाउन […]

घुयँत्राे: “बुम बोकेर रणमैदानमा : पत्रकार कि पहलवान ?”

साँच्चै के भा हाेलान के आजकालका पत्रकारहरु ! हाम्ले त पैला पैला सुन्दा त के ! अरुलाई भाईरल गराउने काम पत्रकारकाे भन्थे । तर ऐलेका पत्रकार त सामाजिक सन्जालका नामाँ आँफै भाईरल बन्न र आँफै नाङ्गियानि था पाउन्नन त हँ । सामाजिक सन्जालाँ छ्याप्छ्याप्ति आकाे कन्चनपुरकि पत्रकार ऐश्वर्या कुँवरले भिमदत्त नपा १८ का वडाध्यक्ष रविन्द्र […]

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दैः बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची

दाङ ,८ असार । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत दशौँ बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक […]

कर्णालीका विद्यालयमा विद्यार्थी संकट गाउँका विद्यालय रित्तिँदा वीरेन्द्रनगरमा  विद्यार्थीको थेगि नसक्नुको चाप 

सुर्खेत, ८ असार ।  दैलेखको नौमुले गाउँपालिका–६ तल्लो नाउलेमा रहेको भैरव प्राथमिक विद्यालयको सेवा क्षेत्रमा ४२ घरधुरी छन् । प्रारम्भिक बालविकास (ईसीडी) देखि कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा विद्यार्थी भने जम्मा २६ जना छन् । तीमध्ये १० जना प्रारम्भिक बालविकास केन्द्रमा छन् ।  कक्षा–१ देखि ५ सम्म १६ जना मात्र विद्यार्थी छन् । […]

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

घोराही (दाङ), ८ असार। दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपश्चात् यस्तो तथ्याङ्क भेट्टीएको हो ।  गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत […]

तेस्रो काँक्रेविहार हाफ म्याराथ आज

सुर्खेत, ८ असार ।  तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन आज (सोमबार) आयोजना हुँदैछ । ‘दौडिन्छ कर्णाली’ नारासहित आयोजना हुने म्याराथनमा २१, १० र पाँच किलोमिटर दौड हुनेछ । बिहान ६ बजेदेखि वीरेन्द्रचौकबाट सुरु हुने २१ किमी हाफ म्याराथनका प्रथम धावकले एक लाख ५० हजार तथा दोस्रोले ७५ हजार  राशाीको पुरस्कार पाउनेछन् । महिला म्याराथन […]

सम्पादकीय : अर्थतन्त्र सुधारमा ध्यान देऊ  

नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रतिवेदनले कर्णाली प्रदेशको आर्थिक चित्रलाई पुनः एकपटक विमर्शको केन्द्रमा ल्याइदिएको छ । प्रतिवेदन अनुसार राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान मात्र ४.२० प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जुन गत आर्थिक वर्षको ४.२५ प्रतिशतको तुलनामा ०.०५ प्रतिशत विन्दुले कम हो । संघीयता […]

भरतपुरमा भरतको पक्षमा माहौल बन्दै

भरतपुर,८ असार । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चलिरहेको छ । देशका ७७ वटै जिल्लाबाट मतदान गर्न र आफ्ना उम्मेदवारलाई जिताउन आएकाहरू बेग्लै माहौल छ । त्यसै मध्यका एक जुझारु युवा हुन् भरत प्रसाद पनेरू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशमा पनेरूलाई विधि, निष्ठा र सहअस्तित्वको राजनीतिका प्रतिनिधि व्यक्तित्वका रूपमा हेरिने […]

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै

कैलाली, ८ असार । कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ । जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरणमार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै लगेको हो ।  परम्परागत खेतीलाई व्यावसायिक र यन्त्रमैत्री बनाउन चालु आवमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरुलाई वितरण […]

डुबेर तीन जनाको मृत्यु 

सुर्खेत,  ८ असार ।  सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।  सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । त्यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु […]