घुयँत्राे: “बुम बोकेर रणमैदानमा : पत्रकार कि पहलवान ?”

साँच्चै के भा हाेलान के आजकालका पत्रकारहरु ! हाम्ले त पैला पैला सुन्दा त के ! अरुलाई भाईरल गराउने काम पत्रकारकाे भन्थे । तर ऐलेका पत्रकार त सामाजिक सन्जालका नामाँ आँफै भाईरल बन्न र आँफै नाङ्गियानि था पाउन्नन त हँ । सामाजिक सन्जालाँ छ्याप्छ्याप्ति आकाे कन्चनपुरकि पत्रकार ऐश्वर्या कुँवरले भिमदत्त नपा १८ का वडाध्यक्ष रविन्द्र देबकाेटासितकाे रस्साकस्सि हेर्दा त यिनी साँच्चिकै पत्रकार नभएर याैटि महान लडाकु,याेध्दा जस्ति पाे देखिन्छिन त हँ ! लाेग्ने स्वास्निकाे झगडालाई उचाल्ने देखि सम्बन्ध विच्छेद गराईदिने अनि अपराधिदेखि निर्अपराधिसम्मलाई याैटै खाल्टाँ हाल्देर पैसाकमाउन र आफ्नाे व्यापार व्यवसाय फस्टाउने खेलमा यै याैटा माेबाईल र बुमलाई पत्रकार मानेर पैशा कमाउन हिँडेका मान्छेकाे भीडमा ऐले काे पत्रकार ?काे बुमकार ? छुट्याउनै गाराेछ । यस्ताे अबस्थाँ पत्रकारिता गर्दै आफ्नाे यात्राँ निन्तर लागेका साथिहरुनि कैलेकाईँ तीनै बुमकारहरुकाे छायाँमा परेर विचलित भ`का घटनानि धेरै छन । तर त्यस्ता भुल नदेख्खिने गरि हुन गएका हुन्छन । तर ऐले याैटि महिला पत्रकार जाे कञ्चनपुरबाट पत्रकारिता गर्छिन रे तिनले त जानाजान वडासदस्यसित पङ्गा लडाउन ला काे दृष्य ,जारी भिडियाेमा देखिनुले याैटा पत्रकारले जनप्रतिनिधि माथि गरेकाे व्यवहार लाई लिएर उनकाे चारैतिर विराेध भै रा छ । र साँच्चिकै उनी पत्रकार हुन भने उनकाे संस्था महासंघ र प्रेस काउन्सिलले उनलाई कार्वाही गर्नु पर्दछ भन्ने आवाज सामाजिक सन्जाल भरि घन्कि रहेकाेछ । त्यसाेत कार्यक्रम भै रहेकाे हलमा गएर उनले बालबालिकाकाे कार्यक्रमलाई विथाेल्दै वडाअध्यक्षमाथि गरेकाे ब्यवहारले गर्दा उनलाई कार्वाहिका लागि प्रहरीले नियन्त्रणमा लिएकाे बताईएकाेछ । यदि साँच्चिकै उनी पत्रकार हुन भने हन भने उनले आचार संहिता विर्सेकि हुन कि ित्ताकाे आडमा अध्यक्ष शीत पाैँठेजाेरी खेल्न गएकि हुन त्याे त पछिनै था हाेला ।पत्रकारहरुकाे आफ्नै आचार संहिताछ । याे पेशामा लाग्छु भन्नेहरुले त्यसलाई अनिवार्यरुपमा पालना गर्नु पर्दछ । याे संहिता पालन गर्ने पत्रकारले कैल्यै गलत गर्दैन भन्ने मनसाय याे संहितामाछ ।डिजिटल प्रविधिको विकाससितै पत्रकारिता पेशामा रहेका व्यक्तिले गर्ने कार्य र मनाेरञ्जन वा अरुलाई देखाउनका निम्ति माेवाईलका माध्यमले सामाजिक सन्जालमा पस्कि दिने बस्तु एकआपसमा मिल्दा जुल्दा हुने हुँदा कुन पत्रकारिता र जिम्मेवारी पूर्वक गरिएकाे कार्य हाे अनि कुन चाईँ सिर्फ मनाेरञ्जन वा बुम र माेवाईल कारिता अनि कुन सत्य हाे र कुन सत्यलाई ढाक्न बनाईएकाे रुबरु समाचार वा लेख वा तस्विर हाे छुट्याउन नसक्दा गाेलमटाेलमा सबैलाईयाैटै घानमा हालेर पत्रकारिताकाे संज्ञा दिएर पत्रकारलाई बदनाम र गालि गलाेज गरिन्छ । डिजिटल प्रविधिको विकासले पत्रकारितामा निम्तिएको याे विकृति पत्रकारिताका निम्ति चुनाैति हाे र याे चुनाैतिकाे सामना गर्दै जनतालाई सुसूचित गराउन ऐलेकाे समयमा निकै कठिनछ । ती विकृति विरुद्ध लडन पत्रकार महासंघले पत्रकार आचार संहिता बनाएजस्तै गरि डिजिटल माध्यमबाट सामाजिक सञ्जालमा आउने कपाेलकल्पित र भ्रामक समाचारलाई चिर्दै जनतालाई सत्यतथ्य जानकारी गराउनका लागि नीतिगतरुपमै सम्पूर्ण पत्रकारहरुले अंगिकार गर्नेगरि याैटा संहिता आउन जरुरी छ । पत्रकार आचार संहिताकाे “आ” सम्मपनि नसुनेका पनि पत्रकार, अनि रातदिन पत्रकार आचार संहिताकाे अधिनमा रहेर जनतालाई सत्यतथ्य समाचार र सूचना दिन तल्लिन पनि पत्रकार, यी दुईटैलाई एउटै क्याटागाेरीमा राखेर जनताले जहिलेसम्म हेर्न छाेडदैनन त्यैलेसम्म अब नेपालकाे पत्रकारिता सर्वसाधारणबीच विश्वसनिय हुन गाह्राे छ । त्यसैले बेलाबेलामा सार्वजनिक हुने यस्तै घटनाका समाचार अनि त्यसका तस्बिरबाट पनि केही सिकेर महासंघले पत्रकारिता पेशाकाे चुनाैति शीत लडन छुट्टै बाटाे अबलम्बन गर्न जरुरी छ । हाम्रा पत्रकार नेताहरुमा चेतना भया!
” बिरसिक्का”





