घुयँत्राे:”रविको महाधिवेशन, पुराना नेताको पेट दुखाइ !”

हिजाेदेखि चितवनाँ भै राकाे जेनजी पाटिकाे महाधिवेशनकाे निम्ताेमा पुराना दलका ठूला नेताहरु नगएर तल्लाे तहका नेताहरलाई पठाएछि धेरैले सामाजिक सन्जालाँ धेरै कुरा गर्याछन । एक त जुनमान्छेलाई सहकारी ठग र राज्यद्राेहकाे अपराध लगाएर कैलेकाे पाेखरा त कैलेकाे भैरहवा अनि कैलेकाे जनकपुर र कैलेकाे काठमाण्डु दाैडाईदाैडाई हत्तु बनाईयाे । अनि त्यस्सैकाे पाटिकाे महाधिवेशनाँ के नाकले जाउन तनि ती नेता रबिकाँ नाक देखाउन । रबिले त तिनका अगाडि सान देखाउनालागिनि निम्तो त पठाउनुनै थियाे अनि त्यै माैका पारेर ती नेताहरलाई अघाउन्जेल आँफुमाथि उनरले गर्या अन्याय आफ्ना कार्यकर्तालाई सुनाएछि कार्यकर्ताले नि बुझ्ने छन कि आफ्नाे नेतालाई कस्ताे अन्याय गरियाथ्याे । आँफुहरलाई रविलाई कुदाकाे र जेनजी आन्दोलनाँ रबिका कार्यकर्ताले आँफुलाई दाैठाउनसम्म दाैडाकाे भन्ने कुरा बुझ्यानेताले रबिकाे पाटिकाे महाधिवेशनाँ त्यति सजिलै के जाँदा हुन के ! अँझ भएन भनेरआँफुहरलाई नै सिध्याउनालागि देशाँ हत्तनपत्त चुनाब गराएर चुनाबाँ पा ताडेझैँ ताडेर अब जिन्दगी मै उठन नसक्ने गरि राजनीतिक क्यारियर नै सिध्याईदेछि त्यसकै पछि लाएर त्यसकाे अधिवेशनाँ के नाकले कसरि जानू तनि त्यै भएर गएनन् भन्नू पर्याे हैन र ? बिचराहरले ती आफ्ना घराँ दनदनि लाग्या आगाे अनि दुनियाँलाँलाई ठगेर ७ पुस्तालाई बसिबसि खान पुग्ने गरि कमा सम्पतिलाई आफ्नै आँखा अगाडि खरानी बनाकाे देखि देखि तिनकै पाटिकाे महाधिवेशनाँ जाने हिम्मतनि कसरी राखुन के ! अरुलाई पाे भन्दिन सजिलाेछ तर जसकाे आँखाले आफ्ना ती घर र सम्पति जलेर पुत्याेल भाकाे देख्याछ र म र मेराे परिवारलाई विस्थापित गराउने खेल यिनरकै हाे भनेर मनमा तिनरकै चित्र लेर बस्याछ भनेतिनरले गर्या निम्ताे मान्न के जाँदा हुन तनि नेतारु । ठिकैछ राजनीतिमा यस्ता उतार चढाव आई राख्छन त्यसैले यसैलाई ईख नबनाएर राजनीतिमा स्थायी शत्रु र मित्र काेहि हुन्नन भनेर जाउन भनेनि त्यै अधिवेशनाँ केही बहाना बनाएर रास्वपाका कार्यकर्ताले महाधिवेशन स्थलाटै भागाभागकाे स्थिति बनाए भने क्यार्नु त्यै भएरनि बपचाराहरु त्यतातिर जाने साेचै नबनानि हुन सक्छ । अरुपाटिका १ नम्बरी नेता नगएनि प्रचण्डसम्म गए हुने हाे क्यारे ! किनभने उनले त हिजाे अन्य दलका नेताहरका विरुद्ध केई गरि खाने यै हाे भनेर ट्याप्प टिपेर रबिलाई गृहमन्त्री बनाकैथे । हुन त रबिकाे मुख मात्रै हेरेर गएर नि के गर्नु । दलका नेताहरु बिरुध्द रिसइबि पालेर बस्या जेनजीहर जाई लाग्न थालेर हुलमुलाँ नेताँहरलाई बेस्सरि कुच्याउन थाले भने एक्लै रबिले मात्रै प्रतिरक्षा गर्न काँ सक्लान तनि त्यै भएर नेतारु नगएर वुध्दि पुर्याकै मान्नु पर्छ । हुननि ऐले नेताहरलाई साह्रै गाह्राे छ । आफ्नै पाटिभित्र लखेटा लखेटकाे स्थिति आईपर्या बेलाँ अर्काकाँ गएर के भनेर आश्वासन बाँडनु त्याे भन्दा त जाँदै नगयाे टण्टै साफ । हिजाेसम्म १ नं पाटि काँग्रेस र २ नं पाटि भनेर अरुलाई अर्तिवुध्दि बाँडदै हिँडने एमाले नेतारु जेनजी आन्दोलन पछि पाटिनै सुकेर खक्रक्कै भा बेलाँ अँझ भएन भनेर कताट चुनाब गराई फालेर चुनाबाँ तिनै ठूला पाटिलाई जनताले शिला खाेज्ने बनाईदेछि पाटि भित्रै वल्लाे घाटन पल्लाेतिर भका नेताले सत्तारुढ दलकाे अधिवेशनकाे भब्य कार्यक्रममा गएर के शुभकामना दिने के! त्यै भएर नि वलि र प्रचण्डले अस्वस्थकाे बहाना बनाएर अरुलाईनै जाने निर्देशन गरेछन । हुननि हाे त हिजाे सरकार बन्ने बित्तिकै रातारात जेलकाे चिसाे छिडियाँ पुर्याएर अस्पताल कुर्ने बनाका सरकारकाे पाटिमहाधिवेशनाँ जानका लागि निम्तो आउँदै वलि बाका हात खुट्टा गल्या हुँदा हुन ! तै एमालेकै याैटाे नेतालाई पठाईदेर राजनीतिक विधिविधान पूरा गरे वाले । तर , पाटि ठूला नेताहरु जेनजी पाटि महाधिवेशनाँ नगकाेमा सामाजिक सन्जालाँ जेनजीहरले कति सत्ताेसराप गर्ने हुन त्याे भने हेर्न बाँकि नैछ । किनभने सरकार सकेसम्म ठूला दलका नेताहरलाई भक्काभक कठघराँ पुर्याएर आफ्नाे सय दिने प्रगति देखाउने पक्षाँ छ त्यसैले पुराना दलका ठूला नेतारु बचेर हिनाे है । कुनै पनि बेला तिमरका घरआँगनाँ बालेनका जेनजी सेना आउन सक्छन । त्यति नभएनि महाधिवेशनकाे बहानाँ रबि र बालेनले तिमरलाई कति धाेई पखालि गर्छन टिभि र सामाजिक सञ्जाल हेरे था भै हाल्छनि हैन र नेताजिहरु ! चेतना भया !
” बिरसिक्का “





