कर्णाली खेलकुदको हब बन्दैछ : मन्त्री शाह

सुर्खेत, ५ असार । 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले यो क्षेत्रलाई खेल हबका रूपमा विकास गरिने बताएका छन् । शुक्रबार (असार ५) सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक आयोजित ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् । कर्णालीको भूमिमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उनले उल्लेख गरे । कर्णालीमा निर्मित खेल पूर्वाधारको प्रभावकारी उपयोग गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको उनले बताए । ‘कर्णालीमा खेल पूर्वाधार त बनेका थिए, तर तिनको अपेक्षित रूपमा उपयोग हुन सकेको थिएन । त्यसैले पूर्वाधारको सदुपयोग गर्दै खेल गतिविधिलाई विस्तार गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने ।’ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कर्णालीलाई खेल हबका रूपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाएको उनले बताए । खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने उनले उल्लेख गरे ।

कर्णालीमा दक्षिण एसियालीस्तरका प्रतियोगिता आयोजना गर्ने योजना रहेको उनले सुनाए । ‘खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र होइन, यसले पर्यटन, अर्थतन्त्र र प्रदेशको पहिचान प्रवद्र्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने ।’ मन्त्री शाहले कर्णालीका खेलाडीलाई पर्याप्त अवसर प्रदान गरिनुपर्ने बताए । नेपाल एथलेटिक्स संघ खेलाडीको क्षमता विकास र अवसर विस्तारका निम्ति प्रतिबद्ध रहेको उनले उल्लेख गरे । तीन दिनसम्म सञ्चालन हुने ४६औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सात प्रदेश र तीन विभागका गरी तीन सय २० खेलाडीको सहभागिता छ।

१० किलोमिटर दौडमा रोकाय र श्रेष्ठ प्रथम

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सुरु भएको ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिपको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोसी श्रेष्ठ प्रथम भएका छन् । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना उक्त प्रतियोगितामा देशभरका सात प्रदेश तथा तीन विभागीय टोलीका खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा  ३२० खेलाडी प्रतिस्पर्धामा उत्रिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सचिव राधाकृष्ण विष्टले जानकारी दिए ।

कर्णाली खेलकुदको हब बन्दैछ : मन्त्री शाह

हुम्ला–बाजुरा सीमा विवादमा संलग्न  भएको आरोपमा २१

कर्णाली खेलकुदको हब बन्दैछ : मन्त्री शाह

बढ्यो काँक्रेविहार हाफ  म्याराथनको पुरस्कार राशी

Leave a comment

Your email address will not be published. Required fields are marked *