घुयँत्राे:”देउबा दलदलमा, झलनाथ जुँगामा, सरकार प्रतिवेदनमा !”

विचरा पुराना दलका नेताहरका नि आआफ्नै बिलाैना छन । के गर्ने समय र परिस्थितिले लखेटेछि ती हिजाेका सान शाैकत कसरी गिर्दारैछन हेर त ! पुराना प्रधानमन्त्री देउबा जाे निष्कटंकरुपमा प्रधानमन्त्री र पाटि सभापतिकाे कुर्सीमा विराजमान थिए र उनका आशेपाशे देखि उनकि श्रीमती आर्जुले सरकार र पाटिमा कसरी कब्जा जमाएर रुपियाँ बटुल्थिन । आफ्ना झाेलेहरुबाहेक कसैलाई सरकारी पद र पाटिकाे पदमा बस्न दिन्थिनन । ठेक्का पट्टा हुन कि अन्य पैशा आउने जुनसुकै काममा नि उनकै हात थियाे र राज्यकाे थितिमिति मिचेर आफ्ना दलालहरु परिचालन गरेर रुखमा लटरम्मै फल लाग्या हाेलान जसरि रुपियाँ झार््थिन तर तिनै बाेट बिरुवाँ काउछाे फलेर त्यै काउछाे झरेर आफ्नै आङभरि खसेर याे दुर्दशा बनाउला भनेर साेचिनन् । न त मेराे याे असिमित गतिविधि र हस्तछेपले एक दिन आफ्नै पतिकाे याे याे विजाेग बनाउलान र दलदलकाे ठाेकर खाँदै हिँडनु पर्ला भन्ने नै साेचिन । देशमा भष्टाचार र भष्टाचारीलाई मलजल गरेर देशलाई तन्नम बनाएछि कुनै तीन त्यसकाे बिराेधमा देशभर कुनैशक्ति उम्रेर आँफुलाई दलदलकाे ठाेकर खाने र आफ्नै देशमा बस्ननि सरकार शीत यसरी भाँति बिन्ति गर्नुपर्ला भन्ने कुराकाे थाेरै मात्रनि आर्जुले हेक्का राख्थिन भने ऐले विदेशबाट स्वदेश फर्किने परिस्थितिका लागि कसैलाई हाआर गुहार गर्नु पर्थेन । नत जेनजी आन्दोलनकै नाममा ३५ बर्ष देखि कमाएकाे श्रीसम्पति र मान सम्मान नै गुमाउनु पर्थ्षाे । जाे झाेफेहरुकाे राजनीतक तथा आर्थिक झाेला भरि दिन रात दिन देउबा परिवार लाग्याे । अनि खै त! भदाै २३/२४ काे आन्दोलनमा आन्दोलनकारीले देउबा श्रीमान् श्रीमतीको जिउधननै सकिने गरि कुटपिट गर्दा र आगजनि गर्दा ती नेता कार्यकर्ता जसले देउबा परिवारका नाममा कुस्ताे धन र इज्जत अनि पद कमाए तीनिहरु जेनजिकाे पिटाईले देउबा दम्पति रगताम्य हुँदा कहाँ गए ? न उध्दार गर्न बुढानिलकण्ठ पुगे न उपचारमा रहँदा छाउनि अस्पतालनै पुगे । भदाै देखि याे असारसम्मै बिचरा देउबा र आर्जु उपचारमै कैलेकाे मलेसिया र कैलेकाे हङकङ पुगि रहेका छन । अनि देशमा उब्जिएकाे परिस्थितिले आफ्नाे जीवन रक्षा गरि दिन बालेन सरकारसित हारगुहार गरेर ईमेल पठाउँदैछन । उनिहरु पक्राउ नगर्न अपिल गर्दैछन सरकार पक्राउकाे वारेन्ट जारी गर्दैछ । आखिर के रैछ त जिन्गी ३५ बर्ष देशमा राज गरेकाे पाटि र तिनका नेताहरुकाे यस्ताे दुर्दशा हुँदाे रहेछ । कुनै दिन याे परिणति भाेग्नु पर्छ भन्ने कुराकाे थाेरै मात्र ख्याल गरेकाे भए देशमा ३५ बर्ष भष्टाचारकाे याे विगविगि हुन्थेनकि नत आफ्नै पाटिका झिङे कार्यकर्ताले पाटिबाटै निकालेर सदाका लागि याे रमिता हेर्ने परिस्थिति बनाउँथेनन कि! एकातिर काँग्रेस भित्र त्याे अबस्था चलि रहँदा यता नेपालि कमिनष्ट पाटिका झलनाथ खनाल भने जेनजीले सन्चै नहुने घाउ लगाई रहेका बेला माधब नेपालकाे राजीनामा माग्दै कुर्लि रहेका छन । बिचरा माधबकाे नेकपामा आफ्नै अस्थित्व छैन । कमिनिष्ट एकीकृत हुने निहुँमा प्रचण्डले माधबकाे अस्थित्व समाप्त पार्दि सक्याछन । यस्ताे बेलाँ त्याे मरि सक्या बाघकाे जुङा तान्न झलनाथ किन कस्सिया हुन कुन्नि बुछि नसक्नु छ । पुराना दलकाे यै द्वन्द्वका वीच दुई तिहाईकाे बालेन सरकार भने कुनै बस्तु बगाएर तल्थिर खाेज्न जानू पर्ने ठाउँमा मास्थिर दाैडिरहेकाेछ । देशमा उद्याेग धन्दा बन्द हुँदैछन । मान्छे काम विहिन बन्दैछ ।व्यापार व्यवसाय उद्याेग धन्दा र कृषि उत्पादन तथा मान्छेकाे आर्थिक क्षमता वृद्धि गर्दै अघि बढने खालका विकास निर्माण र आयाेजना सनणचालन गर्ने ठाउँमा पुराना आयाेगका प्रतिवेदन पल्टाउँदै कार्वाहि गर्छम् भन्दै कार्यकर्तालाई भर्ति गर्दैछ ।यस्ताे तरिकाले चुनाबमा गरेका बाचा समयमै पूरा हाेलान त ? सरकारकाे याे गतिविधि हेर्दा त ” जति जाेगी आए कानै चिरियका” भन्ने उखानलाई सम्झाउने बाहेक अरुकेहि देखियन ।
“बिरसिक्का”






