राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा 

दाङ, २ असार । 

दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । संस्थागत प्रसूतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले पालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा गरेका हुन । त्यस अवसरमा उहाँले प्रसूति सेवालाई गुणस्तरयुक्त बनाउनुपर्नेमा जोड दिए । निर्धारित प्रोटोकलअनुसार चारपटक गर्भवती जाँच गराउने दर ९९.६ प्रतिशत, तीनपटक उत्तरप्रसूति जाँच गराउने दर ९९.३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

राप्ती गाउँपालिकाले विगतका वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो । सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो ।

राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा 

कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर

राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा 

नेपालगञ्जमा वडा कप शारीरिक सुगठन प्रतियोगिता 

Leave a comment

Your email address will not be published. Required fields are marked *