घुयँत्राे:”ठूलो दल हुनेबित्तिकै किचलोको निःशुल्क सदस्यता !”

जति जति दल ठूलाे हुँदै गाे दलभित्र त्यति त्यति किचलाे शुरु हुन्छ भन्ने कुरा पुराना दल एमाले काँग्रेसले मात्रै हैन कि यसपटक रास्वपाले नि प्रमाणित गर्याे । सदनमा दुई तिहाई ल्याएकाे रास्वपा त्यै दुईतिहाईकै गर्जनमा यै असाराँ पैलाे महाधिवेशन गर्नै लाग्दा जिल्ला र प्रदेश अधिवेशनाँ आँफुआँफू लडेर भाँडभैलाे गर्याछन । जिल्ला अधिवेशनाँ तराईतिरकाे मुक्का मुक्कि हेरि रा बेलाँ फेरि कर्नालि प्रदेशकाे प्रदेश अधिवेशनाँ मुङग्रामुङ्ग्री गरे रे भन्ने सुनिन्छ त ! काँग्रेस एमालेहरु किन लडि रहँदा हुन भनेर दिक्क मान्ने घण्टीहरु अब त्याे राेग आफ्नै घराँ भित्रेछि किन लडदा रैछन ठूलादलहरु ! भन्ने बुझे हाेलाननि साथिहरले । के गर्ने काँग्रेसीहरु जातिबित्ति ठूलाे दल भईम भनेर विशेष महाधिवेशनका नाममा लडनसम्म लडे , देशाँ बुढापाकाका दिन सक्कियका र युवाहरले जे भन्याे त्यै बिक्ने बेला पारेर काँग्रेसाँ चिर्काे पारेकाहरले ऐले अब बुढाजति सब्बैलाई लखेटेर नयाँ सद्स्यता दिँदै नयाँ काँग्रेस बनाउँदै गर्याछन । पाटि त पुरानाे भएर हैनकि नयैँ भएछि दुई तिहाई आउँदाे रैछ भन्ने भएर त हाेला अब गगन थापाकाेहस्ताक्षरवाला बाहेक अरु सदस्यता मान्यता हुने छैन भन्ने उर्दि सहित काँग्रेस नि अघि बढ्याछ । सायद आउने चुनाबका लागि रास्वपा भन्दानि नयाँ पाटि हुने भएछि दुई तिहाईकाे बाजि गगन थापाले मारेर बालेन र रबिकाे पाटि हेर्या हेर्यै नि हुन सक्छ । किन भने अब त रास्वपा भन्दा पछि जन्म्या पाटि गगनकै काँग्रेस त हुने हाेला । रास्वपाले त सदस्यतानि बाँडेर भ्याईसक्याे अब महाधिवेशन गर्दैछ । तर गगनकाे पाटि त भख्खर सदस्यता बाँडदैछ । अनि अधिवेशन गर्ने हाेला त्यसपछि महाधिवेशन गर्ने त हाेलात ! अनि त रास्वपा भन्दा त्यसैनि नयाँ हाेला त हैन र! त्यसैले चिन्ता नगर्नाेस गगन जी पाटिका पुराना भनाउँदा शेर बहादुरदेखि विमलेन्द्र ,शेखर ,प्रकाशमान सबलाई झाडुलाउनु भाे अब तपाई र विश्वप्रकाशका विरुद्ध ठूलाे स्वर गर्ने ताकत काेई माएका लालमा हुने छैन । भलै आम चुनाबाँ ऐल्या राप्रपाले जत्ति सिट ल्याउन किन नपराेस ! काँग्रेस चम्काउन नछाेडनु हाेला । ऐले त सदस्यनि लतक्कै भए भन्ने सुन्नियाे ! करिब तेह्रै लाख सदस्य भए भनेछि अँझै कति हुने हुन ऐल्यै ट्वाक्कै यति्त भए भन्न गाह्रैछ ।तर पनि एक पटकदगिरिजा प्रसाद जुन जिल्लाँ जान्थे त्याँट खर्यात खुरुत मान्छे जति काँग्रेसाँ आकाे सम्चार रेडियो नेपालले पढ्थ्याे यदि पाटि प्रवेशकाे सम्चार आएन भने चम्चाहरले कुरालाएर वास्तविकता बुझ्न रेडियोकाे निर्देशकलाई बाेलाउन पठाउँथे रे गिर्जाले त्यसैले नेपालकाे जनसंख्याभन्दा बढि मान्छे काँग्रेसाँ छिरि सकेछि अब जातिबित्ति भएर पाटि प्रबेशकाे सम्चार नपढने निर्णय गर्या हुन रे गिर्जाले भन्नेनि सुन्नमा आथ्याे कुराे के हाे त्याे त गिर्जाका हुक्के बैठकेहरलाई था हाेला ? त्याे बेलाका काँग्रेसका ती हर्कत आफ्नै आँखा अगाडि देख्ने नेताहरलाई ग` काे फागुन २१ साँ भाकाे काँग्रेसकाे चुनाबि परिणाम हेर्दा बिचरा त्यसबेलाका काँग्रेस त ढल्न्यै अबस्थाँ पुगे त हाेलान त हैन र ? त्यसैले रास्वपाका साथिहरु तपाईंहरलाई नि काँग्रेसकाे जस्ताे उम्ताे मात नलागाेस । बहुमतका नामाँ मान्छेलाई कुल्चिँदै र ठेल्दै अनि अब हनम्रादिन कैल्यै ओरालाे लाग्दैनन भन्ने पाराले नहिँडनाेस । ऐल्या बहुमत तपाईँहरले “ल्याकाे” हैन ” “आकाे” हाे । ल्याउनका लागि त तपाईँले जनतालाई के दिनु भाे र ? अरु दलसित आजित भाका जनताले दलकै शेखि झार्न तपाईंहरलाई मत द्या हुन अनि तपाईहरुलाई बहुमत आकाे हाे । जसकाे कल्पना न तपाईंहरुले गर्नु भाथ्याे न पुराना दलले आँफुहरु यसरी नाङ्गिन्छम भन्ने साेच्याथे । जनताले देकाे सम्पति जागाउन सक्नु भाृ र यसलाई विश्वासमा परिणत गर्न सक्नु भाे भने अब काे गाेडा पचासेक बर्ष तपाईंहरुकाे प्रतिस्पर्धाीमा अरु काेहि रहने छैनन । बस् यत्ति हाे कि दुई तिहाईकाे उम्ताेमात नत तपाइँ हरका नेता, नत तपाईंहरका कार्यकर्ता, कसैमा नलागाेस । अस्तु !





