जनप्रतिनिधिको दादागिरी ? खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारीमाथि उप प्रमुख शाहीकाे गालीगलौज

हस्त चौलागाईं,
कालिकोट ,१ असार ।

खाँडाचक्र नगरपालिका कालिकोटमा जनप्रतिनिधि र कर्मचारीबीचको विवाद सार्वजनिक भएको छ । नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले शिक्षा शाखामा कार्यरत कर्मचारी बलिराज शाहीमाथि गालीगलौज गरेका छन् ।
घटनाअनुसार शिक्षा क्षेत्रसँग सम्बन्धित केही काम समयमै सम्पन्न नभएको भन्दै उपप्रमुख शाही शिक्षा शाखामा पुगेका थिए । शिक्षा शाखाबाट कर्मचारी बलिराज शाहीलाई कार्यालय प्रमुखकाे कार्यकक्षमा बाेलाई अपशब्द बाेल्दै कर्मचारी बलिराज शाहीलाई काममा असहयोग गरेको आरोप लगाए । कार्यालयमै भएको उक्त घटनापछि कर्मचारीहरूबीच असन्तुष्टि बढेको स्रोतले जनाएको छ ।
शिक्षा शाखाका कर्मचारी बलिराज शाहीले आफूले कानुन र प्रचलित प्रक्रिया अनुसार काम गरिरहेको बताए । उनले आवश्यक निर्णय, सिफारिस तथा कागजात पूरा नभएका कारण सम्बन्धित काम तत्काल अगाडि बढाउन नसकिएको स्पष्ट पारे ।
“हामी कर्मचारीले नियम, कानुन र प्रक्रिया अनुसार काम गर्नुपर्छ । आवश्यक कागजात र निर्णयबिना कुनै पनि फाइल अगाडि बढाउन मिल्दैन । काममा ढिलाइ भएको भए पनि त्यो प्रक्रियागत कारणले भएको हो, व्यक्तिगत रूपमा कसैलाई असहयोग गर्ने उद्देश्य होइन,” शाहीले बताए ।
घटनापछि नगरपालिकाभित्र जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र कार्यशैलीबारे समेत चर्चा हुन थालेको छ । कर्मचारीहरूले कार्यालयमा सम्मानजनक वातावरण आवश्यक रहेको बताएका छन् ।
यस विषयमा खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीले जनप्रतिनिधि र कर्मचारी दुवै पक्षले आफ्नो जिम्मेवारी कानुनअनुसार निर्वाह गर्नुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, “स्थानीय सरकार सञ्चालनका क्रममा जनप्रतिनिधि र कर्मचारीबीच नियमित समन्वय आवश्यक हुन्छ । कुनै पनि काम प्रक्रिया, कानुन र निर्णयका आधारमा अघि बढ्ने भएकाले सबैले त्यसको सम्मान गर्नुपर्छ । कार्यालयभित्र देखिएका समस्या संवाद र छलफलबाट मिलाउने तयारी रहेकाे प्रशासकीय अधिकृत जाेशीकाे भनाई छ ।

जनप्रतिनिधिको दादागिरी ? खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका कर्मचारीमाथि उप प्रमुख शाहीकाे गालीगलौज

मिडिया क्षेत्र कमजोर हुँदा लोकतन्त्रमाथि खतरा बढ्छ

Leave a comment

Your email address will not be published. Required fields are marked *