पत्रकार महासंघ सुर्खेतद्वारा १० पत्रकार पुरस्कृत

सुर्खेत, ३१ जेठ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले १० जना पत्रकारलाई विभिन्न विद्याका पत्रकारिता पुरस्कार प्रदान गरेको छ । आइतबार महासंघले पत्रकारिताका माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पु¥याएका अग्रज तथा क्रियाशील पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । साथै, यस वर्ष विशेष सम्मानबाट जुनकीरी पत्रिकाका सम्पादक जनकराज शर्मा सम्मानित भएका छन् । सुर्खेतमा शर्माको […]

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे चयन

रूपन्देही,३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशको सभापतिमा शालिकराम घिमिरे चयन भएका छन् । प्रदेश अधिवेशनबाट घिमिरे सभापतिमा निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा दुर्गा अर्याल, महामन्त्रीमा सिएम उपाध्याय, सहमहामन्त्रीमा ई विक्रम पौडेल तथा मुना हमाल निर्वाचित भएका छन् । सभापति दोस्रो चरणमा निर्विरोध भए भने महामन्त्री निर्विरोध हुँदा अन्य पदाधिकारीमा भने निर्वाचन भएको […]

नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन

हस्त चाैलागाईं कालिकोट ,३१ जेठ । नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा जिल्लामा सञ्चार क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे छलफल गर्दै साधारण सभा सम्पन्न गरिएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। नेपाल पत्रकार महासंघ कालिकोट […]

असार १ मा लुम्बिनीको बजेट सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशिलतामा विशेष जोड

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत नवौं बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले बजेट पेश गर्नुहुनेछ । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई […]

बराबरीमा रोकियो ब्राजिल र मोरक्को

काठमाडौं ,३१ जेठ । फिफा विश्वकप २०२६ मा पाँच पटकको विश्वकप विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । न्युयोर्कको न्यु जर्सी रंगशालामा नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा २१ औं मिनेटमा इस्माइल सबरीको गोलबाट मोरक्कोले सुरुवाती अग्रता लिएको थियो । तर ब्राजिलका लागि ३२ औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए । […]

बसाइँसराईको चपेटामा पहाड गाउँ पस्यो विकास, शहर सोझिँदै मान्छे

ओम शाही सुर्खेत, ३१ जेठ ।  ६० को दशक देश आन्तरिक द्वन्द्वले ग्रसित थियो । २०५२ मा सुरु भएको तत्कालिन विद्रोही नेकपा माओवादी र राज्य पक्षबीचको सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो । दुवै पक्षले जसले जहाँ भेट्यो त्यही सुट गर्ने नीति अवलम्बन गरेका थिए । तत्कालिन समयमा राज्यले माओवादीलाई आतंककारी घोषणा गरेर अघि बढ्दा उसको […]

सम्पादकीय : राउटे संरक्षणको नीति कार्यान्वयन होस्‌

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण, व्यवस्थापन तथा मूलप्रवाहीकरणका लागि ‘राउटे मूलप्रवाहीकरण नीति–२०८३’ स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद्बाट पारित यो नीति राउटे समुदायको अस्तित्व, पहिचान, संस्कृति र मानव अधिकार संरक्षणका दृष्टिले महत्वपूर्ण कदम हो । नेपालकै अति लोपोन्मुख आदिवासी समुदायमध्ये एक राउटे समुदायको जनसंख्या निरन्तर घट्दै जानु, उनीहरूको परम्परागत जीवनशैली विभिन्न बाह्य प्रभावका […]

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौँ, ३० जेठ ।  सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप एक हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख गरिएको छ । निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् […]

भेरी अस्पतालको एनआईसीयू शैया विस्तार गरिँदै 

बाँके ,३० जेठ । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने भएको छ ।  हाल अस्पतालमा रहेका आठ एनआइसीयू शय्यालाई बढाएर २० शैयासम्म पुर्‍याउने लक्ष्यका साथ आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन […]

रास्वपा प्रदेश अधिवेशन आज हुँदै

सुर्खेत, ३० जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन   आज (आइतबार )हुँदैछ । बिहान ११ बजेबाट सुरु हुने अधिवेशनलाई रास्वपा महामन्त्री भुपदेव शाह र सहमहामन्त्री विपिन आचार्यले सम्बोधन गर्नेछन् । अधिवेशनले पाँच वर्षका लागि प्रदेशको नेतृत्व चयन गर्नेछ ।  रास्वपा नेता सुदिप पुरीका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ । अधिवेशनमा […]

काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन हुँदै

सुर्खेत, ३० जेठ ।  तेस्रो एक्सट्रिम काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । ‘दौडिन्छ कर्णाली’ नारासहित आगामी ८ असारमा सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय हाफ म्याराथन आयोजना हुने भएको हो ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर, सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ओलम्पिक ‘डे’का अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको […]

डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान

बाँके , ३० जेठ ।  बाँकेको बैजनाथ गाउँपालिकाका किसान परम्परागत ढक–तराजु छोडेर डिजिटल प्रविधिमैत्री बन्दै गएका छन् । पहिलो चरणमा गाउँपालिकाभित्रका ७६ जना किसानलाई गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसान प्रविधिसँग जोडिएर श्रमको सही मूल्य पाउन थालेका छन् । बैजनाथ गाउँपालिका–७ का किसान दिनेश चौधरीले वर्षौँदेखि परम्परागत ढक–तराजु प्रयोग गरेर आफ्नो खेतबारीको उब्जनी जोख्दा […]

कालीकोटका नौ वटै स्थानीय पूर्णखोप सुनिश्चित घोषणा

कालीकोट, ३० जेठ ।  कालीकोट जिल्लाका नौ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमूनिका बालबालिकाले नौ वटा, गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।  खाँडाचक्र नगरपालिका, […]