किसानका पीडा बुझिदिने कसले ?
नरेन्द्रसिंह कार्की/रासस दार्चुला, ३० जेठ । नौगाड गाउँपालिका–२ दल्लेखको डाँडामाथि बिहानको घाम झुल्किन थालेसँगै तल खार बस्तीका कान्लामा बनेका पोलिहाउसहरू सेताम्य देखिन्छन् । कतै गोलभेँडा लटरम्म फलेका छन्, कतै आलुको हरियाली फैलिएको छ । किसानहरू बिहानैदेखि पानी हाल्ने, पोलिहाउस मिलाउने र बाली स्याहार्ने काममा व्यस्त छन् तर यही हरियालीभित्र किसानका अनगिन्ती पीडा लुकेका छन् । […]



