‘जिम्मेवारीमा नरहदा पनि मिडियाले महिला राजनीतिज्ञलाई प्राथमिकता दिनुपर्छ’

सुर्खेत, २९ जेठ ।
सुर्खेतका महिला राजनीतिज्ञले सञ्चार क्षेत्रले आफुहरु नेतृत्वमा रहेको समयमा हौसला प्रदान गर्ने गरेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा मिडिया एडभोकेसी ग्रुपले आयोजना गरेको महिला राजनीतिज्ञ र सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य एवम् कर्णाली प्रदेशका पूर्वमन्त्री सीता नेपालीले आफु पार्टी र सरकारको नेतृत्वमा रहेको समयमा मिडियाबाट निकै हौसला पाएको बताइन । यद्यपी, सरकार र पार्टीको नेतृत्व बाहिर रहदा भने मिडियाले खासै चासो नदिने गरेको गुनासो पनि उनले गरिन । ‘सरकार र पार्टीको जिम्मेवार तहमा रहदा मिडियाको खोजिमा निकै परिन्थ्यो । मिडियाकर्मीले निकै खोज्नु हुन्थ्यो । उहाँहरुबाट हौसला पनि मिल्थ्यो । तर, जिम्मेवारीमा नरहदा भने खासै नखोजिने रहेछ,’ उनले भनिन् । यस्तै, पूर्वराष्ट्रियसभा सदस्य नन्दा शर्मा चपाईले आफु मन्त्री हुँदा होस् वा अन्य जिम्मेवारीमा रहदा मिडियाबाट रचनात्मक साथ पाएको बताइन । उनले सञ्चार माध्ययममा गलत समाचारले स्थान पाउन नुहने बताइन । कतिपय अवस्थामा भाषिक वा अन्य त्रुटिलाई लिएर महिलाहरुलाई मिम बनाउने काम पत्रकारहरुबाट हुन नहुने उनको भनाई थियो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतृ स्नेहा उपाध्यायले पुरुष र महिला राजनीतिज्ञ फरक दृष्टिकोणबाट हेर्न नुहने बताइन । उनले सञ्चार माध्यममा बोले पनि नबोले पनि महिलालाई हेर्ने दृष्टिकोण फरक हुने तर्क गरिन । ‘बोल्यो भने बढी बोल्यो भन्ने, बोलिएन भने केही जान्दिन कि भन्ने हुन्छ । मिडियाले महिला र सिमान्तकृत वर्गको आवाज बोल्नु पर्ने हो । तर, कतिपय मिडियाले बिक्ने कन्टेन्ट मात्र हेर्ने परिपाटी छ । मिडियामा आउन महिला पनि बोल्नु अग्रसर हुनुपर्छ,’ उनले भनिन् ।
कानुन व्यवसायी यामुना सापकोटाले मिडियाले महिला तथा सिमान्तकृत वर्गको आवाजलाई प्राथमिकतामा राखेको बताइ । उनले भविष्यमा पनि कमजोर वर्गका लागि मिडिया पैरवी आवश्यक रहेको बताइ । पत्रकारले लेख्ने हरेक समाचारमा पुरुषलाई मात्र नभई महिलालाई पनि प्राथमिकतमा राखिनुपर्ने उनको भनाई थियो । यस्तै, जिल्ला समन्वय समितिका पूर्वउप्रमुख ज्ञानी भट्टराईले राजनीतिक दलभित्र महिलालाई अवसर दिन आनाकानी गरेपनि मिडियाबाट भने हौसला पाउने गरेको बताइन । उनले महिलालाई राजनीतिमा ल्याउन मिडियाले भूमिका खेलेको तर अझै व्यापक भने हुन नसकेको उनको दावी थियो । यस्तै, नेपाली कांग्रेसको संक्रिय राजनीतिमा संलग्न शान्ति सिंहले आफुले नेतृत्व गरेका हेरक क्षेत्रमा पत्रकारहरुमार्फत थालिएका सबै जसो अभियानहरु सफल भएको बताइन ।
अन्तक्र्रियामा सहभागी अन्य महिला राजनीतिज्ञले आफुहरुलाई पुरुषसरह नेतृत्वमा आउन चुनौती रहेको बताउँदै नेतृत्व लिने र दिने विषयमा पत्रकारहरुले महिलाका पक्षमा हमेशा कलम चलाउनु पर्ने बताएका थिए ।

अन्तक्रिया कार्यक्रमको सहजिकरण गरेकी वरिष्ठ पत्रकार बबिता बस्नेतले महिला राजनीतिज्ञहरूको सहभागितालाई विभिन्न कारणहरुले अवरोध हुने गरेको बताइन । महिलाहरुलाई सामाजिक रूढीवादी धारणा, प्रणालीगत अवरोध, सञ्चारमाध्यममा असमान स्थान, परम्परागत लैंगिक मान्यता तथा भूमिका, सञ्चारमाध्यमको पक्षपात र प्रस्तुतीकरण , स्रोत–साधनमा असमानता र ऐतिहासिक प्रतिनिधित्वको अभावले महिला राजनीतिज्ञहरुलाई असर पार्ने गरेको बस्नेतको भनाई थियो ।

‘जिम्मेवारीमा नरहदा पनि मिडियाले महिला राजनीतिज्ञलाई प्राथमिकता दिनुपर्छ’

शिक्षाका लागि दैनिक जोखिमपूर्ण यात्रा, पढ्नैका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *