पुणेमा दुई बालबालिकासहित नेपाली महिला सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह

बाँके ,६ असोज ।

सुर्खेतको चौकुने गाउँपालिका–७ निवासी जक्तिराम देवकोटाकी श्रीमती रञ्जना देवकोटा भारतको महाराष्ट्रस्थित पुणेबाट दुई बालबालिकासहित सम्पर्कविहीन हुनुभएको छ।


परिवारका अनुसार रञ्जना यही सेप्टेम्बर ७ गते बिहान करिब ८ बजेदेखि ८ वर्षीया छोरी र ५ वर्षीय छोरासहित सम्पर्कविहीन हुनुभएको हो। उहाँ पुणेको देशान्तवाडी धनौरी क्षेत्रबाट बालबालिका, नगद तथा गरगहनासहित सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ।


सम्पर्कविहीन भएपछि परिवारले आफन्त, चिनजानका व्यक्ति तथा सम्बन्धित निकायमार्फत खोजी गरिरहेको जनाएको छ। लामो समयसम्म पनि रञ्जना र बालबालिकाको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि परिवार थप चिन्तित बनेको छ।


परिवारले रञ्जना देवकोटा तथा उहाँसँग रहेका दुई बालबालिकाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन आग्रह गरेको छ।

पुणेमा दुई बालबालिकासहित नेपाली महिला सम्पर्कविहीन, खोजीका लागि परिवारको आग्रह

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन

Leave a comment

Your email address will not be published. Required fields are marked *