विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात

काठमाडौं,२९ जेठ ।
दक्षिण कोरियाले चेक गणतन्त्रलाई पराजित गर्दै जारी फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।
मोक्सिकोको ग्वाडालजारा रंगशालामा आज भएको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन् ।
दोस्रो हाफको ५९ औं मिनेटमा चेक गणतन्त्रले गोल गर्दै दक्षिण कोरियामाथि १–० को अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेजीले पहिलो गोल गरे । तर दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा होङ इन बियोमले बराबरी गोल फर्काए ।
त्यसपछि ८० औं मिनेटमा ओह ह्योन ग्युले दक्षिण कोरियाका लागि गरेको दोस्रो गोल निर्णायक गोल बन्यो ।
दक्षिण कोरिया र चेक गणतन्त्रबीचको खेल रोमाञ्चक रहेको थियो

विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात

विश्वकप २०२६ : चेक गणतन्त्र र दक्षिण

विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात

विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात

Leave a comment

Your email address will not be published. Required fields are marked *