घुयँत्राे:”बत्तीभन्दा आश्वासन धेरै बल्ने प्रदेश”

साँच्चै भन्ने हाे भने हामी सुर्खेतेले विजुलिकाे मामलाँ दुख पाकाे पन्चहरकै पालादेखि र उनरकै कारणले हाे । हुन त पन्चहरुकाे राजनीति भनेकाे जनसुविधाका लागि थिएन ।उनीहरु त राज्यले दिने सुविधा आँफुहरुले मात्रै पाउनु पर्छ । शिक्षा,स्वास्थ्य ,बिजुलि ,यातायात जस्ता कुराहरुकाे विकास हुनु हुँदैन यी चिजहरुले मान्छेलाई चेतनशिल बनाउने भएकाले यसकाे पहुँच जनतासम्म पुग्नु हुँदैन । जनता चेतनशिल भएभने निरंकुश राजतन्त्र र पन्चहरुले हालिमुहालि चलाएकाे ब्यवस्थामा विराेधि मान्छे जन्मिन्छन । आफ्नाे राँईँदाँईँ चल्दैन । त्यसैले पन्चायतका नेताहरु कुनै पनि काम क्षणिक अस्थित्व र राजालाई देखाउने र जसलिने खालका मात्रै गर्थे । तिनै पन्चहरुले मात्र जसलिने याेजनाभित्रकाे काममा पर्छ काेहलपुर वीरेन्द्रनगर विद्युत प्रशारण लाईन । हरेक ५ बर्षमा सुर्खेत भ्रमणमा आउने राजालाई देखाउन रातारात काेहलपुरबाट तार तानेर सुर्खेतमा बिजुली ल्याईयाे र अँध्यारोमा राजाकाे क्याम्प झलमल्ल भयाे । काेहलपुरदेखि सुर्खेतसम्मकाे घना जङ्गलकाे बाटाे विस्तारित लाईनका सानातिना रुख काटेर पाेल ठड्याएर सुर्खेतमा हिउँदकाे एकमैना राजाबसुन्जेल बत्ती बल्याे । राजा पनि मख्ख परे पन्चहरुले जनतालाई सुख्ख दिएछन भनेर आँफुहरुले गरेकाे विकासकाे पुलबाँधेर राजालाई मख्ख पारेछि राजापनि खुशी भए । पन्चहरुले राजालाई खुसी बनाएछि पन्चहरुलेनि तक्मा पाए आफन्तहरुलाईनि तक्मा भिराए तर जब हावाहुरीकाे सिजनआयाे तब याे राजालाई देखाउन ल्याएकाे अस्थायी लाईन आकाशमा बादल देखिए नि जाने, बढि घाम लाएनि जाने, हावाहुरी चलेनि जाने , अल्लि माेटाे मान्छे विजुलिकाे पाेलनजिकबाट हिँडदा हल्लिएर नि जाने, अर्थात हरेक निहुमा सुर्खेतकाेबत्ति जाने भाे । यतिन्जेल झुप्राबाट उत्पादन गरिएकाे वीरेन्द्रनगरलाई मात्र पुग्नेगरि बनेकाे आयाेजना पनि पन्चहरुले खाई सकेका थिए । उता कनेहलपुरबाट आउने बत्तिकाे हरि विजाेग थियाे । त्यसपछि देश काँग्रेस कमिनिष्टकाे हातमा गयाे । उनिहरुकाे हातमा गएछि विकास गिर्जा र केपि वलिकाे वरिपरि घुम्न थाल्याे । सुर्खेतका नेताहरुकाे ती ठूला नेताहरुसम्म पहुँच पुगेन पहुँच नपुग्दा ४६ सालदेखि अँध्यारोमा बस्न बाध्य सुर्खेतीहरु ऐलेनि अँध्यारोमै बसि रहेका छन । ८४ किलाेमिटर दुरीसम्म विस्तारितलयाे विद्युत लाईनलाई हावाहुरी घाम र सितले कुनै अबरोध नपुर्याएर निरन्तर बत्ति आउने बनाउन कैले राज्यकै निकाय वन कार्यालय ,विभाग , मन्त्रालय र त्यसका कर्मचारी बाधक बने भने कैले निकुञ्जका नाममा सरकारी सेना र त्यसका हाकिमहरु बाधक बने तर सरकारले आफ्ना निकायनै सुर्खेतकाे बत्तीमा बाधक बनेकाे कैल्यै देखेनन । बरु जनतालाई कसरी बेबकुफ बनाउन सकिन्छ भनेर ४० बर्षसम्म निरन्तर लागि रहँदा गतबर्षदेखि बल्लबल्ल स्थायि किसिमले बत्ति दिनै पर्ने बाध्यताकाे महसुस सरकारले गरेर त्यसकाे काम अघि बढाउँदा जनतामा बढेकाे खुशि र बत्ति बाल्न पाउने आशामा तुषारापात भएकाेछ । विगत २ मैनादेखि २ वटा पाेल ढलेर उत्ताना टाङ लागेका छन । याे सालकाे प्रचण्ड गर्मिले मान्छे सुत्न,बस्न,पढनलेख्न सकिरहेकाेछैन । हरेक मिनेटमा बत्ती जान्छ । आईनै हालेछ भनेनि भाेल्टेजकाे अभाबले बत्तीले चल्ने कुनै चिज चल्दैनन । बत्तीबाट चल्ने उद्योग ,व्यबसाय ठप्पछन । यस्ताे दुराबस्थाले गर्दा यहाँका हरेक नागरिकहरु राजनीतिक पहुँचकाे अभाबमा विकास र आयाेजनाहरुकाे हालत के हुन्छ भन्ने कुरा राम्रोसँग बुझ्न बाध्य भएका छन । राज्यले कर्नालिका जनतामा गरेकाे असमान ब्यबहारले गर्दा यहाँका जनताकाे जिवनमा समृद्धि कैल्यै छैन जस्ताे अनुभूति भै रहेकाेछ । राणा,पन्चायत,प्रजातन्त्र , लाेकतन्त्र , गणतन्त्र रबाट ऐले बालेनतन्त्र आईपुग्दा समेत राजनीतिमा पहुँ पुगेकाे मान्छे नभएकै कारण हामी अँझै कति पछि पर्छाैँ भन्न सक्ने अबस्था छैन । तर याैटा कुराचाईँ ठाेकेरै भन्न के सकिन्छ भने राज्य सत्तामा पहुँच पुर्याउने नेता नभएसम्म विजुलि हाेस कि अस्पताल या हाेस युनिभर्सिटी अनि गतिला सडक मार्ग र सन्चार कुनै कुराकाे निस्फिक्र भाेग गर्ने अधिकार हामी कर्नालिबासीलाई छैन । त्यसैले जे छ र जहाँ छ त्यसमै सन्ताेष गराैँ । त्यति भएछि सरकारपनि खुशि नेतापनि खुशी यिनिहरु खुशि भएछि जनता किन खुशि हुनपर्याे ।हैन र ?
” बिरसिक्का”






