बर्दियामा आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढ्यो

बाँके ,४ असोज ।

बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको छ। केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्ला वर्षको तुलनामा सेवाग्राहीको संख्या उल्लेख्य वृद्धि भएको हो।
आर्थिक वर्ष २०८०/८१ मा केन्द्रबाट ४८ हजार ९ सय ५४ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए। आर्थिक वर्ष २०८१/८२ मा भने सेवाग्राहीको संख्या केही घटेर ४६ हजार ४ सय ६१ पुगेको थियो। तर, आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर ६३ हजार ५ सय ७६ पुगेको निमित्त कार्यालय प्रमुख यकराज भण्डारीले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै सेवाग्राहीले बहिरङ्ग सेवा लिएका छन्। उक्त सेवाबाट २० हजार ९ सय ३१ जनाले उपचार तथा परामर्श लिएका छन्। त्यसैगरी, स्वर्णबिन्दु प्राशन सेवाबाट १३ हजार ३ सय ६१, नागरिक आरोग्य सेवाबाट १२ हजार ४ सय ६, पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट ७ हजार ५ सय २६, ज्येष्ठ नागरिक सेवाबाट ४ हजार ७३ र प्रयोगशाला सेवाबाट २ हजार ९ सय ५४ जनाले सेवा लिएका छन्।
केन्द्रले आयुर्वेदिक उपचारसँगै स्वास्थ्य प्रवर्द्धन तथा रोग निरोधात्मक कार्यक्रमलाई समेत प्राथमिकताका साथ सञ्चालन गर्दै आएको जनाएको छ। आयुर्वेदिक उपचार र जीवनशैलीसँग सम्बन्धित सेवाप्रति नागरिकको चासो तथा आकर्षण बढ्दै गएकाले सेवाग्राहीको संख्या वृद्धि भएको केन्द्रको बुझाइ छ।
निमित्त कार्यालय प्रमुख भण्डारीका अनुसार केन्द्रबाट उपलब्ध हुँदै आएका आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको छ। सीमित स्रोतसाधनका बीच पनि केन्द्रले नियमित रूपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो।
कार्यालय सञ्चालनका लागि पर्याप्त जग्गा तथा भवनको अभाव रहेको जनाउँदै भण्डारीले उपलब्ध पूर्वाधारबाटै सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। केन्द्रको सेवा थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक जग्गा तथा भवन व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला निकायबाट सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले केन्द्रको पूर्वाधार विकास र सेवा विस्तारमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गर्नुभयो।

बर्दियामा आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढ्यो

साउनमा भित्रियो २ खर्ब १५ अर्ब बढी

बर्दियामा आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढ्यो

बर्दियामा आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *