नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन

हस्त चाैलागाईं
कालिकोट ,३१ जेठ ।
नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। पत्रकारिता क्षेत्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा जिल्लामा सञ्चार क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे छलफल गर्दै साधारण सभा सम्पन्न गरिएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज बिष्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख हिम बहादुर खत्री तथा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य जसी प्रसाद पाण्डे को विशेष आतिथ्यता रहेको थियो।
साधारण सभामा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, क्रियाशील पत्रकार, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलाराम पाण्डेले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन र नागरिक अधिकारको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले पत्रकारहरूले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई आत्मसात गर्दै समाजका वास्तविक मुद्दालाई उजागर गर्नुपर्नेमा जोड दिए। पत्रकार महासंघले पत्रकारहरूको हकहित संरक्षण, क्षमता विकास तथा पेशागत सुरक्षाका लागि निरन्तर पहल गरिरहेको समेत उनले बताए।

विशेष अतिथिहरूले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै तथ्यमा आधारित, मर्यादित र उत्तरदायी पत्रकारिताको आवश्यकता औंल्याए। उनीहरूले सञ्चार माध्यम र पत्रकारहरू राज्य तथा नागरिकबीचको महत्वपूर्ण सेतु भएको भन्दै व्यावसायिक पत्रकारितालाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

सभाध्यक्ष भरतराज बिष्टले वर्ष भरिका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराए। उनले जिल्लामा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण तथा पत्रकारहरूको एकता मजबुत बनाउने दिशामा महासंघले निरन्तर काम गरिरहेको बताए।

साधारण सभामा महासंघको आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र बजेटमाथि छलफल गरिएको थियो। सहभागीहरूले पत्रकारिताको गुणस्तर वृद्धि, स्थानीय सञ्चार माध्यमहरूको सुदृढीकरण, पत्रकारहरूको पेशागत सुरक्षा तथा सञ्चार क्षेत्रका चुनौती समाधानका विषयमा सुझाव दिएका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रबाट पत्रकारिता र सामाजिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको प्रशंसा गरिएको थियो। साधारण सभाले पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रताको रक्षा तथा व्यावसायिक पत्रकारिताको विकासका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त समेत गरिएकाे थियाे ।
साधारण सभाबाटबाट स्वर्गीय पत्रकार बिरेन्द्र आचार्यकाे सम्झनामा बिरेन्द्र स्मृति अक्षय काेष , सदस्यता सुदृढीकरण गर्ने लगायतका निर्णय गरिएकाे छ ।

नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन

असार १ मा लुम्बिनीको बजेट सार्वजनिक हुँदै,

नेपाल पत्रकार महासंघ कालिकोट शाखाको १६औँ वार्षिक साधारण सभा सम्पन

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे चयन

Leave a comment

Your email address will not be published. Required fields are marked *