२०८३ जेष्ठ ३० गते
×

Now Playing

कर्णाली कोरिडोर बन्दको विरोध

सुर्खेत, ३० जेठ । 

बाजुरा र हुम्लाको सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद फेरि सतहमा आएको छ । विवादित क्षेत्रलाई लिएर बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक आन्दोलनमा उत्रिएका छन् । 

शुक्रबार दिउँसो हुम्लाका स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले बाजुरातर्फबाट सडक बन्द गरिनु हुम्लामाथिको अन्याय भएको भन्दै तत्काल सडक सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । 

कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग भएकाले सडक अवरोधले जिल्लाको आपूर्ति प्रणाली र आवागमनमा प्रत्यक्ष असर पर्ने स्थानीयको भनाइ छ । रानीसैन क्षेत्रको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद कायम छ । विवाद समाधानका लागि विभिन्न तहमा छलफल र पहल भए पनि निष्कर्ष ननिस्कँदा बेलाबेला तनाव दोहोरिने गरेको छ । 

पछिल्लो पटक बाजुराका स्थानीयले रानीसैनबारे आफ्नो माग सम्बोधन नभएको भन्दै धुलाचौर सडक खण्डमा अवरोध गरेका हुन् । सडक बन्द भएपछि हुम्लातर्फ असन्तुष्टि बढेको छ । आन्दोलनमा सहभागी स्थानीयले सीमा विवादको नाममा सडक अवरुद्ध गरेर सर्वसाधारणलाई सास्ती दिन नहुने बताएका छन् । 

उनीहरूले प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विवादको स्थायी समाधान खोज्न माग गरेका छन् । रानीसैन विवाद कर्णाली प्रदेशकै पुरानो अन्तरजिल्ला सीमा विवादमध्ये एक हो । दुवै जिल्लाले उक्त क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएका छन् । विवाद समाधानका लागि सरकारी संयन्त्रले पटकपटक अध्ययन र समन्वयको प्रयास गरे पनि अहिलेसम्म ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

कर्णाली कोरिडोर बन्दको विरोध

किसानका पीडा बुझिदिने कसले ?

कर्णाली कोरिडोर बन्दको विरोध

बाँकेमा चैते धान खेतीतर्फ किसानको बढ्दो आकर्षण 

Leave a comment

Your email address will not be published. Required fields are marked *