घुँयत्राे:शंकर–विष्णुको पुनर्गठन सपना चकनाचुर : ओलीले बैठकमै लगाइदिए ‘नो पुनर्गठन जोन’

जल्ले जे सुकै भनाे ! राजनीतियाँ सफल हुने चाँदाे कसैले ल्याछ भने त्याे केपि वलिनै हाे भन्ने बुझ्दा हुन्छ । के गर्ने ! गाउँ घराँ याैटा उखानछ नि “झिङाले टाेकेर डिङा मर्दैन” भन्ने हाे त्यै उखान दाेहाेरियाे त एमाल्याँ हैन र ? केपि शर्मा वलिलाई अध्यक्ष पदाट फाल्न भनेर उईल्यै देखि कस्सेकाहरुलाई आईतबार मात्रै बस्या एमाल्या बैठकले एक्कासी अब उप्रान्त कुनै पनि बैठकाँ पाटि पुनर्गठनकाे बिषयाँ कुरै उठाउन नपाईने गरि निर्णय प्रस्ताब पारित गर्देछि बिचरा पाेखरेल शंकर र पाैडेल विष्णुकाे प्रतिवेदन सर्तिबेदन गईल भैंस पानीमा पाे भएछ त । केही दिनदेखि बालाई राजिनामा दे कि दे भनेर रटाना लगाका केही नेता हरकाे हाेस हवासै उडने बाले एक्कासी पाटि पुनरगठनकाे कुरै उठाउन नपाउने गरि प्रस्ताब पारित गर्देछि अब विचरा वलि विरुध्द स्याँक्क र सुँक्क गर्नेहरका बाेलति बन्दै त भए हाेलान त हैन र? बाकै विरुद्ध हिजाे मैदानमा उत्रेका डाक्टर रावललाई जसरि बाले घरकाे न घाटकाे बनाएर छाेडे अब याे चाेटि शंकर ,विष्णु ,याेगेश र सुब्बा गुरुङकाे हविगत नि रावलकै जस्तै गराउने त हाेलान । आफ्नाे अध्यक्ष पद सुरक्षित बनाउने हाे र अँझ २० बर्ष ढुक्कसित पाटि चलाउने रहर पूरा गराएरै छाेडने हाे भने त बाले यी बिराेधिहरलाई मास्न्यै त हाेलान त ! पाटिमा माओवादि भित्र्याएर माओवादिकै गर्धनाँ बन्दुक तेर्स्याएर आफ्नाे पाटिका पुराना नेताहरकाे छातियाँलगाेलि चलाउने दाउ गरेर बस्या बाले बिराेधिकाे त विल्लिबाठ बनाउन्यै त हाेलान अब । किनभने जब वलिबालाई कसैलाई सिध्याउनु पर्ने चाहना जाग्याे भने र सिध्याउने मेसाे मिल्याे भने उनले त बदला नलिई छाेडदै छाेडदैनन । देख्नु भएन रावल पछि ईश्वर पाेखरेलकाे कुन हालत भा छ । अब याे चाेटि बालाई पाटि अध्यक्षाट फालेर पाटि पुनर्गठन गर्ने साेच बनाका गुरुङ,पाैडेल र पाेखरेलकाे हविगत नि पुरानैकाे जस्ताे बनाउन बालाई सुर्खेतका यामलाल देखि जगत बाेगटि जस्ता नेता र सिँगै माओवादि कमाण्डर बादल मडारिएछि त्यत्तिकै काँ छाेडलान र ? हुन त बाकाे पद दीर्घायु हुँदा झाेलेहरु चरम आनन्दमा हाेलान तर उनी जति धेरै एमाले अध्यक्षाँ बसिरहन्छन पाटिलाई त्यत्ति धेरै क्षेति हुन्छ । तर पनि झाेलेहरलाई पाटिकाे अबस्थासित सराेकार छैन कि बाकाे दिर्घायुसित मतलबछ । त्यसै त २३/२४ भदाैकाे दङ्गापछि एमालेकाे त्याे हालत छ र जनता वलिले अध्यक्षता गरिरहुन भन्ने पक्षमा छैनन् । तर वलिचाईँ जेनजी र मतदाताकाे विरुद्ध यसरी प्रतिवाद गरेर बस्याछन कि जस्ले गर्दा अन्य दलहरुलाई पनि सहज भै रहेकाेछ । जति धेरै एमालेकाे विराेध भयाे त्यति जनताले आँफुलाई सपाेट गरून् भन्ने त सबैलाई भै हाल्छ । त्यसैलेनि एमालेबाट वलिकाे बहिर्गमन नहुनु अरु पाटिका लागि प्लस पाेईन्टनै हुन सक्छ । पाटिमा अनेक चाल चल्नलाई मायुर बाले आजदेखि शुरुभाकाे केन्द्रीय कमिटिकाे बैठकाँ कुनै चाल चलेर जान अन्जानमै पाटिलाई फाईदा हुन नि सक्छ । किनभने त्यसै त सरकारका विरुद्ध आन्दोलन गर्छु भनेर पहाडतिर प्रचण्ड आन्दोलनकाे ज्वाला सल्काउन लाग्ने अनि तराईतिर उपेन्द्र यादक तराई जलाउनतिर लागे भने त्यसै त बाढिले थिलाेथिलाे बन्या देश अँझ भएन भनेर माओवादि नेताहरु प्रचण्ड र उपेन्द्र यादब ( पुराना माओवादिनै हुन ) आफ्नाे १० बर्षे पुरानाे आन्दोलन र जेनजीकाे आन्दोलन सम्झिँदै देशभर हत्या र आगजनि गर्दै हिँडे भने त्यै माैँ वलिले पनी फ्याट्टै कुनै कदम चालेर सत्ता हाताँ लिने माैका पारे भनेत वलिकाे तालुवाँ त्यसै आलु फल्ने भैगाेनि हैन र ? के गर्ने याे देशकाे बागडाेरै कमिनिष्टहरकाे हाताँ जाने लेख्यारैछ भने अरुले राेई कराई गरेर भएन क्यारे ! कि कसाे कमरेडहरु !




