घुयँत्राे:”रातारात ७७५ गाडी अवतरण : भन्सारमा चमत्कार कि बजेटको भविष्यवाणी?”

विवाईडि गाडि आयात कर्ता साईमेक्स ईङ्क कम्पनीले ७७५ वटा गाडि रातारात नेपाल भित्र्याएर सरकारलाई कराेडाैँ रुपियाँकाे ट्याक्स ठग्याे भन्छन त कुराे के हाे । पैलेका भ्रष्टदलहरुले त दलालहरु लाएर ठगि गर्थे गर्थे तर याे नयाँनाैलाे दुधले नुहाएकाे पाटिले नि कसरी त्यस्ताे हुन्द्याे के । १५ गतेकाे बजेट भाषणाँ ईभि गाडिकाे कर बढने निश्चित भएछि रातारात […]

नेपालगञ्जका सामुदायिक विद्यालयका अङ्ग्रेजी शिक्षकको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम सम्पन्न

बाँके ,२५ जेठ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा अङ्ग्रेजी भाषा शिक्षकहरूका लागि आयोजित चारदिने क्षमता विकास तालिम सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजना तथा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) बाँकेको प्राविधिक सहजीकरणमा सञ्चालन गरिएको तालिम जेठ २२ गतेदेखि २५ गतेसम्म […]

एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त

दाङ ,२५ जेठ । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछानेलाई नियुक्त गर्नुभएको हो । दुवै जनालाई २०८३ जेठ […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

दाङ ,२५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ […]

सम्पादकीय : छोरी बचत खातालाई परिमार्जन गरेर अघि बढाऊ !

कर्णाली प्रदेश सरकारले ठूलो तामझामका साथ सुरु गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अन्ततः नीति तथा कार्यक्रमबाटै हराएको छ । छोरीमाथि हुने लैंगिक विभेद अन्त्य गर्ने, बालविवाह न्यूनीकरण गर्ने र बालिकाको शिक्षा तथा भविष्य सुरक्षित गर्ने उद्देश्यले २०७६ सालमा सुरु गरिएको यो कार्यक्रम अहिले आएर स्वयं सरकारकै प्राथमिकताबाट बाहिरिएको छ । यसले कर्णालीमा नीति […]

संघका विशेषज्ञ डाक्टरको भरमा कर्णाली प्रदेश अस्पताल  छैन जनशक्ति व्यवस्थापनमा ध्यान

ओम शाही  सुर्खेत, २४ जेठ ।  कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना अघि सारेको छ । यद्यपी, यो योजना अहिलेको भने होइन ।  सरकारले यसअघिका नीति, कार्यक्रम तथा बजेटमा पनि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना अघि सार्दै आएको […]

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

हुम्ला, २४ जेठ ।  हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि  सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका […]

विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता 

हुम्ला, २४ जेठ ।  ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो ।  ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र  काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ ।  उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने […]

गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु सम्मेलन हुँदै

काली बहादुर परियार जुम्ला,२४ जेठ । तातोपानी गाउँपालिका–४ ले गिडिदह क्षेत्रको पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन यही जेठ ३० र ३१ गते गिडिदह क्षेत्रमा सञ्चालन हुने भएको हो । जुम्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित गिडिदह प्राकृतिक सौन्दर्य, जैविक […]

शुक्लाफाँटामा युवा सम्मेलनः  जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

कञ्चनपुर, २४ जेठ ।  शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।  चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष छ । विश्व वातावरण दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाको समन्वय […]

रास्वपा हुम्ला सभापतिमा ऐडी चयन

हुम्ला, २४ जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकोे पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा सर्वसम्मतिमा नौ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उनी यसअघि उपसभापति थिए । भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको हो । भेलाले सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र […]

जुम्ला रास्वपाकाे अध्यक्षमा मक्कर भण्डारी

गाेल्डेन बुढा जुम्ला,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। पार्टीको जिल्ला संगठनलाई संस्थागत र थप सक्रिय बनाउने उद्देश्यसहित सम्पन्न अधिवेशनबाट मक्करबहादुर भण्डारी सभापतिमा चयन भएका छन्।नवनिर्वाचित कार्यसमितिमा उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगतबहादुर खत्री तथा सहसचिवमा दानबहादुर बुढा चयन भएका छन्। समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै […]

कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा संगिता दमाई निर्वाचित

सुर्खेत ,२४ जेठ । कर्णाली प्रदेशका १० जिल्लाका छोरीहरूको प्रतिनिधित्व रहने गरी गठन गरिएको कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित भएकी छन्। कर्णाली छोरी सम्मेलन–२०८३ अन्तर्गत आयोजित प्रदेशस्तरीय भेलाले दमाईको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा जुम्लाकी सुष्मा हमाल, सचिवमा दैलेखकी मुना शर्मा, सहसचिवमा रुकुम पश्चिमकी विजया पुन […]