नेपालगञ्जका सामुदायिक विद्यालयका अङ्ग्रेजी शिक्षकको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम सम्पन्न

बाँके ,२५ जेठ ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जमा अङ्ग्रेजी भाषा शिक्षकहरूका लागि आयोजित चारदिने क्षमता विकास तालिम सम्पन्न भएको छ।


नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजना तथा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) बाँकेको प्राविधिक सहजीकरणमा सञ्चालन गरिएको तालिम जेठ २२ गतेदेखि २५ गतेसम्म स्वस्तिक कटेज, नेपालगञ्जमा सम्पन्न भएको हो। तालिममा उपमहानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत अङ्ग्रेजी शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरख थापा ले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अङ्ग्रेजी शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रयोग गरी विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न आग्रह गर्नुभयो।


कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाही र डिल्लीप्रसाद आचार्य ले शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षकको पेशागत विकास तथा समयानुकूल शिक्षण पद्धतिको आवश्यकतामाथि जोड दिनुभएको थियो। वरिष्ठ शिक्षा अधिकृत आचार्यले आगामी दिनमा पनि यस्ता व्यावसायिक विकासका कार्यक्रम सञ्चालनका लागि नेल्टासँग सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो।


चार दिनसम्म सञ्चालन भएको तालिममा प्रमोद सुवेदी, बिन्दु सुवेदी, देवी गुरुङ, होमराज खड्का, शिवशरण उपाध्याय तथा सञ्जीव कुमार सिङ्घल ले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले आधुनिक शिक्षण पद्धति, कक्षाकोठा व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रभावकारी प्रयोग र अङ्ग्रेजी भाषा शिक्षणलाई अझ प्रभावकारी बनाउने उपायबारे प्रशिक्षण दिनुभएको थियो।

शिक्षकहरूको पेशागत क्षमता विकासमार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त तालिमले सहभागी शिक्षकहरूलाई नयाँ ज्ञान, सीप र शिक्षण विधिबारे थप दक्ष बनाएको आयोजकले जनाएको छ।

नेपालगञ्जका सामुदायिक विद्यालयका अङ्ग्रेजी शिक्षकको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम सम्पन्न

एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर

नेपालगञ्जका सामुदायिक विद्यालयका अङ्ग्रेजी शिक्षकको क्षमता अभिवृद्धिका लागि चारदिने तालिम सम्पन्न

घुयँत्राे:”रातारात ७७५ गाडी अवतरण : भन्सारमा चमत्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *