रास्वपा दैलेखको कार्यलयमा ताला

सुर्खेत, २८ जेठ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्य समिति दैलेखको कार्यालयमा तालावन्दी भएको छ । आइतबार सम्पन्न रास्वपाको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्वत नेतृत्व चयन नभएपछि मतदान भएको थियो । उक्त निर्वाचनमा खसेको कुल मतमा ६ मत बढी भेटिएको भन्दै सभापतिको दौडमा रहेका प्रकाश बुढाले पार्टी कार्यालयमा ताला लगाएका हुन् । 

बुढाले पार्टी कार्यालयमा ताला लगाएसँगै रास्वपाको नवनिर्वाचित जिल्ला कार्यसमिति विवादमा तानिएको छ । आइतबार सम्पन्न निर्वाचनमा निर्वाचन समितिले दुई सय ४० मत खसेको घोषणा गरेको थियो । तर, सभापतिका आकांक्षी बुढासहितका चार जनाले प्राप्त गरेको कुल मत  भार जोड्दा दुई सय ४६ पुगेपछि विवाद सिर्जना भएको जनाइएको छ । निर्वाचनबाट बखतबहादुर भण्डारी सभापति चयन भएका थिए । 

भण्डारीले ९३ मत ल्याएर विजयी हुँदा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र मित्रराज प्याकुरेल ४१ मत प्राप्त गरेका थिए । यो मत जोड्दा दुई सय ४६ हुन्छ । तर, अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले दुई सय ४० मत खसेको घोषणा गरेको जनाइएको छ । 

सभापतिमा हार व्यहोरेका बुढाले निर्वाचन समितिले मतदान सम्बन्धी कागजपत्र लिई मिलाउन खोजेको चाल पाएपछि प्रमाण नष्ट नहोस भन्ने हेतुले तालाबन्दी गरेको सामाजिक संजालमार्फत जानकारी गराएका छन् । जिल्ला समितिले आवश्यक छानबिन गर्ने प्रतिबद्धता गरे तालाबन्दी खोलिने भन्दै बुढाले पारदर्शिता र सुशासनका विषय भाषणमा नभई व्यवहारमा उतार्न आग्रह गरेका छन् । निर्वाचनमा भएको अपारदर्शी र गैरजिम्मेवार कामको छानविन हुनुपर्ने माग उनको छ । यता निर्वाचन समितिले सबै कागजात पार्टी कार्यालयमा बुझाएको भन्दै निष्पक्षतामा कुनै संका नरहेको दावी गरेको छ । 

रास्वपा दैलेखको कार्यलयमा ताला

समावेशी शिक्षामा नागरिक  समाजको भूमिका तीव्र पारिदै

रास्वपा दैलेखको कार्यलयमा ताला

सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल

Leave a comment

Your email address will not be published. Required fields are marked *