नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन 

बाँके, २३ जेठ ।  नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ […]

विद्यार्थी तथा युवामैत्री नीति  बनाउन नेविसंघको माग

सुर्खेत, २३ जेठ ।  नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।  पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि […]

–१९ महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिमको विजयी यात्रा सुरु

सुर्खेत, २३ जेठ ।  वीरेन्द्रनगमार जारी १९ वर्षमुनीको टी २० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन् । शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित कालुङचौक मैदानमा सुरु भएको प्रतियोगितामा पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई ५४ रनले हराउँदै सुखद सुरुवात गरेको छ ।  त्यस्तै, वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले कोशीमाथि ८९ रनको […]

कर्णालीमा घट्दोक्रममा  एचआईभी संक्रमण दर

ओम शाही  सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशमा पछिल्ला वर्षहरुमा एचआईभी संक्रमण दर घट्दै गएको पाइएको छ । परीक्षण र उपचार सेवाको दायरा विस्तार भएसँगै नयाँ संक्रमण दर क्रमश घट्दै गएको तथ्यांकले देखाउँछ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच आर्थिक वर्षको अवधिमा एचआईभी संक्रमण दर ०.०९ प्रतिशतमा झरेको छ ।  निर्देशनालयका अनुसार […]

कर्णालीमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउँछौँ: मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत),२३ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधा सम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताउनुभएको छ । अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि सुखद् भएको बताउनुभयो । “हाल खेल भइरहेका मैदानहरू अस्थायी हुन्, क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक […]

नेपालगञ्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

नेपालगञ्ज ,२३ जेठ । नेपालगञ्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो । इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका […]

कर्णाली सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

सुर्खेत,२२ जेठ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेश सरकारले जेठ २० गते प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबार बसेको प्रदेश सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो। सभामुख नन्दा गुरुङले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा […]

बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायका लागि स्टार्ट–अप सहयोग

बर्दिया ,२२ जेठ । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिकाका ३० जना युवा महिला उद्यमीहरूलाई उद्यम गर्न स्टार्ट–अप (अनुदान) सहयोग प्रदान गरेको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो सहयोग प्रदान गरेको हो । युवा महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने तथा हरित उद्यममार्फत दिगो जीविकोपार्जनका अवसर […]

खानेपानी तथा सरसफाइ योजनाको दिगोपनाका लागि कालिमाटीमा पालिका स्तरीय मर्मत–सम्भार कार्यशाला सम्पन्न

सल्यान, कालिमाटी,२२ जेठ । कालिमाटी गाउँपालिकामा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता योजनाहरूको दिगोपना र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय मर्मत–सम्भार कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कालिमाटी गाउँपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत Helvetas Nepal को आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्था को सामाजिक तथा प्राविधिक सहजीकरणमा आयोजित कार्यक्रम गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री (केसी) […]

वातावरणको शिलान्यास र चीरहरण

शरद पौडेल कक्षा-११ मायादेवी गाउँपालिका रुपन्देही पृथ्वीमा रहेका सम्पूर्ण जैविक प्राणीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वातावरणमा आश्रित छन्। कुनै पनि जीवको जन्मपश्चात् उसलाई बाँच्न, वृद्धि गर्न र आफ्नो जीवनयापन गर्न आवश्यक पर्ने सम्पूर्ण तत्वहरू वातावरणबाट नै प्राप्त हुन्छन्। आजसम्मको वैज्ञानिक अनुसन्धानले यस विशाल ब्रह्माण्डमा अवस्थित असंख्य आकाशगंगामध्ये हाम्रो सौर्यमण्डलको ग्रह पृथ्वीमा मात्र जीवन सम्भव भएको पुष्टि […]

घुयँत्राे:”SEE सकियो, मोबाइलको ‘जलसमाधि महोत्सव’ सुरु भयो !”

see काे परीक्षा सकिएर परीक्षाकाे परिणाम पनि आई सकेकाेछ । अबकाे एक साता पछिदेखि त + 2 काे शैक्षिक सत्र पनि शुरु हुँदै छ । यसैवीच अहिले सामाजिक सन्जालमा सिरहाकाे याैटा परीक्षा केन्द्रमा नियन्त्रणमा लिईएका माेवाईहरु पानिकाे ड्रममा हालेर नष्ट गरिँदै गरेकाे फाेटाे देखाईएकाेछ । एक त परिक्षाका बेलामा नियन्त्रणमा लिईएका चिजहरु नष्ट गर्ने वा […]

कालिकोटमा बाल न्याय प्रणालीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया

हस्त चाैलागाँई कालिकाेट ,२२ जेठ । जिल्ला बाल न्याय समिति कालिकोटको आयोजना तथा भिडिसेफ नेपाल कालिकोटको सहयोगमा आयोजित कार्यक्रम माननीय जिल्ला न्यायाधीश भोलानाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्री, कानुन व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, बाल अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकासम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन […]

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

दाङ ,२२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको हाे । लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८३ को भालुबाङ्गमा शुक्रबार उद्घाटन गर्दै […]