कालिकोटमा बाल न्याय प्रणालीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया

हस्त चाैलागाँई
कालिकाेट ,२२ जेठ ।
जिल्ला बाल न्याय समिति कालिकोटको आयोजना तथा भिडिसेफ नेपाल कालिकोटको सहयोगमा आयोजित कार्यक्रम माननीय जिल्ला न्यायाधीश भोलानाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्री, कानुन व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, बाल अधिकारकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकासम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियालाई थप बालमैत्री, प्रभावकारी र संवेदनशील बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमका अध्यक्ष न्यायाधीश ढकालले बालबालिकाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु सबै निकायको साझा दायित्व भएको बताए। कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज बिष्टले गरेका थिए।

कालिकोटमा बाल न्याय प्रणालीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया

घुयँत्राे:”SEE सकियो, मोबाइलको ‘जलसमाधि महोत्सव’ सुरु भयो

Leave a comment

Your email address will not be published. Required fields are marked *