घुयँत्राे:“ऐन आउनुअघि नै कर्मचारी भागाभाग, सरकारलाई दरबन्दी घटाउनै नपर्ने भो !”

हैन! सरकारले निजामती सेवा ऐन पास गर्ने भनेर गरि ल्याकाे हल्लाले त याे ऐन आउने बेलासम्म त सब्बै कर्मचारी राजिनामा देर घरघर भागी सक्छन कि क्या ! सरकार आकाे सातादेखिनै कर्मचारीकाे छटनि , कर्मचारीकाे संख्या घटाउने भष्टाचारी जतिलाई कार्वाहि गर्ने नाेकरी अबधि ३० र उमेर ५५ गर्ने जस्ता हल्लाले त कर्मचारीहरु भागम्भाग गरेर दाैडिँदै छन त हँ । त्यसै त रास्वपा सरकार आउने बित्तिकै भष्टाचारी कर्मचारीलाई छानीछानी लखेटने जत्तिका सम्चार छ्याप्छ्याप्ति सार्वजनिक भएछि दिनकाे भाेक न रातकाे निद भा का कर्मचारीबीच याे निसेनि कैले आउने हाे र के के ल्याउने हाे भनेरै कर्मचारी जति त भक्काभक् राजीनामा गर्दै ठाउँ खालि गर्दै छाेडदै हिँड्याछन त हँ ! ऐलेकाे जस्तै दिनहु २/३ बिसकाे संख्यामा जागीर छाेडदै हिँडदै गर्ने हुन भने त सरकारी कर्मचारी जति त सब्बै सिध्देलान त हँ ? हुन त सरकार आँफै पुराना दलले नियुक्त गर्या कर्मचारी नराख्ने भन्दैछ । त्यसैले नि जतिजति राजिनामा गर्दै जान्छन सरकारलाई त झन त्यतित्यति हाई सन्चै भा हाेला हैन त ? साँच्चै भन्ने हाे भनेत पुरानादलले बना मन्त्रालयजति घटाएर अब त्यसै पनि कर्मचारी नघटाई नहुनेछ भने ऐले सरकारी अड्डाँ भाका दरबन्दी नै धेरै छन र काम गर्न त्यति धेरै कर्मचारी नै चाईन्नन् भने त अब सरकारले निसेनि संसाेधन गरेर चुस्त दुरुस्त पेरशासन हुने गरि मन्त्रालय ,विभाग र कार्यालयका दरबन्दी कायम गरेर आबस्यक पर्ने कर्मचारी राख्ने र बाँकिलाई घरघर पठाई दिए र कमसेकम कर्मचारी तन्त्रमा स्थिरता कायम गरे त सेवाग्राहीलाई नि आनन्द र कर्मचारीलाई नि ढुक्क हुँदाे । अनि उनरुनि ढुक्कसित काम गर्दा हुन नि । तर विगत ७ मैनादेखि अर्थात ऐल्या सरकार आएदेखिनै कर्मचारीहरुलाई याे सरकारी जागिर निल्नु न ओकल्नु भाछ । कामगरम् कुन बेला के आराेप लाएर निकाल्दिने हाे र बच्चा बच्चीकाे समेत चिल्लिबिल्लि बनाई दिने हाे भने त्रास सँधै मनमा लेर बस्नु पर्याछ भने राजिनामा देर जाम बेराेजगार हुँदा भाेलिपल्टाट के ले केटाकेटी पालम् भन्ने चिन्ताले सताईराछ । त्यसैले सरकारले , सरकार चलाउने याे संयन्त्र कसरी चलाउने हाे याैटा निर्णयमा जानू सरकारका निम्ति नि हितकरछ । त्यसैले सरकारले निसेनि जतिसक्याे छिटाे पारित गरेर जाँदानै उसका लागि श्रेयस्कर छ । सरकारले चाहेकाे जस्ताे कर्मचारी प्रशासन बनाउनका लागि नि त निसेनि त चाईयाे त ! त्यत्तिकै करारमा सचिव बनाउँछम् र करारमामात्रै कर्मचारी भर्ना गर्छम् मात्रै भनेर हुन्न हाेला क्यारे ! त्यसका लागि नि त ऐन त चाईयाे नै हैन र ? त्यसैले सरकार कर्मचारी प्रशासनमा स्थायित्व ल्याउने हाे भने त्यसमा स्थिरताकाे बाटाे राेजम् र कर्मचारीहरुलाई जिम्मेवारी पूर्वक काम दिउँ । हैन अब पनि याे क्षेत्रमा अन्याैलता नै कायम राख्दै विकास निर्माण र जनताका लागि दिने सेवामा पनि यस्तै अलपत्र पार्ने हाे भने देश त अस्थिरतामै रुमलिन्छ भने चुनाबका बेला जुन बाँचा गरेर सत्तामा पुगियाे त्याे बाचा त्यत्तिमै सिमित राख्ने हाे भने विगतकाे सरकारलाई सत्ताेसराप गरेर पुराना दलकाे धज्जि मात्रै उडाएर न त देश विकास हुन्छ न जनता समृद्ध हुन्छन । सरकारकाे उद्देश्य समृद्धितिर हाे भने समृद्धिकाे बाटोतिर पनि त लाग्नु पर्याे ।७/७/ मैना लाएर नि याैटा ऐन संसाेधन गरेर ल्याउन सकिँदैन भने याे सरकारले जनतालाई सुखी बनाउँछ भन्ने कसरी विश्वास गर्ने ? त्यसैले सरकार, देशमा अमन चयन,शान्ति सुरक्षा र स्थिरता कायम गर्दै विकासका गतिविधि अगाडि बढाउने हाे भने यसका अंगहरुलाई परिचालन गरम् हैन भने पुरानो सरकारलाई गाली गरेर मात्रै विकासमा अघि बढिन्न । त्यसका लागि मनमा केही गर्ने हुटहुटि र सकारात्मक साेच हुन जरुरी छ । सरकार चलाउनेहरुमा चेतना भया ।






