‘हिमालय जोगाउन अन्तरराष्ट्रिय लगानी आवश्यक’

काठमाडौं ,१२ असोज ।

हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कट, जलवायु न्याय र स्वच्छ ऊर्जा उत्पादनको सम्भावना संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित जलवायु सप्ताहको एक कार्यक्रममा आयोजना गरिएको छ ।

‘फोसिल फ्युल ननप्रोलिफरेसन ट्रिटी इनिसीएटिभ’ले आज आयोजना गरेको कार्यक्रममा नेपालका सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जाकी अभियन्ता समृद्धि ज्ञवालीले गत भदौमा भोटेकोशीमा गएको बाढीको घटनालाई हिमाली क्षेत्रमा बढिरहेको जलवायु जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे ।

साथै उनले नेपालको अनुभवलाई स्वीट्जरल्यान्डको ब्लाटेनमा भएको हिमताल/हिमनदीजन्य विपत्तिसँग तुलना गर्दै जोखिमको पूर्वसूचना, निगरानी, स्रोतसाधन, सीप र प्रविधिको पहुँचमा रहेको अन्तरले विपत्तिको प्रभाव फरक पार्ने बताए । उद्यमी ज्ञवालीले नेपालमा नवीकरणीय ऊर्जा, जलवायु अनुकूल पूर्वाधार तथा क्षेत्रीय ऊर्जा कनेक्टिभिटीमा अन्तरराष्ट्रिय लगानी बढाउनुपर्नेमा जोड दिएको राससलाई जानकारी दिए ।

कार्यक्रममा लेनापे नेसनकी प्रमुख लेना, आयोजक संस्थाका अध्यक्ष तथा जलवायु अभियन्ता ट्जेपोराह बर्मन, केन्याका नवीकरणीय ऊर्जा सचिव डा इसाक किभा, घानाका जलवायु परिवर्तन तथा दिगोपनासम्बन्धी राज्यमन्त्री इसिफु सेइदु र सन् २०२६ की गोल्डम्यान वातावरणीय पुरस्कार विजेता युवेलिस मोरालेस ब्लान्कोलगायतले जीवाश्म इन्धनमा आधारित ऊर्जाको विस्तार रोक्ने, विद्यमान उत्पादनलाई न्यायपूर्ण ढङ्गले क्रमशः घटाउने तथा प्रभावित समुदाय र मुलुकका लागि न्यायपूर्ण सङ्क्रमण सुनिश्चित गर्न आवश्यक वित्तीय स्रोत उपलब्ध गराउनेलगायत विषयमा धारणा व्यक्त गरेका थिए ।

‘हिमालय जोगाउन अन्तरराष्ट्रिय लगानी आवश्यक’

कर्णाली कांग्रेसमा शक्ति परीक्षण  खड्का समूहको प्रभाव,

‘हिमालय जोगाउन अन्तरराष्ट्रिय लगानी आवश्यक’

लगातारको वर्षाले बाँकेका पाकेको धान खेतमै ढल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *