वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य

दाङ ,२२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताउनुभएको छ । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीको तापक्रम वृद्धि, […]

छात्रवृत्ति कार्यविधि संशोधनप्रति पत्रकार महासङ्घ लुम्बिनीको आपत्ति, निर्णय फिर्ता लिन माग

बाँके ,२१ जेठ लुम्बिनी प्रदेश सरकारले पत्रकारिता अध्ययनरत विद्यार्थी तथा पत्रकारहरूका लागि प्रदान गर्दै आएको छात्रवृत्ति सम्बन्धी कार्यविधि संशोधन गरेको र छात्रवृत्तिको प्रतीक्षामा रहेका पत्रकारहरूलाई अन्ततः छात्रवृत्तिमा छनोट नभएको सूचना सार्वजनिक गरेको विषयप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले विज्ञप्तिमार्फत पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घसँग कुनै परामर्श नगरी […]

कर्णाली प्रदेश युवा सम्मेलन २०८३ को घोषणापत्र सार्वजनिक

सुर्खेत ,२१ जेठ । कर्णाली प्रदेशका युवाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल अधिकार, जलवायु न्याय र सुशासनलगायतका विषयमा साझा घोषणापत्र जारी गरेका छन्। गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा जेठ २० र २१ गते सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेश युवा सम्मेलन २०८३ मा प्रदेशका १० वटै जिल्लाबाट सहभागी युवाहरूले तयार पारेको घोषणापत्र बिहीबार […]

भोक र अभावबीच जुम्ला पुगिन्, मुगुकी सरस्वती दमाई

गाेल्डेेन बुढा जुम्ला,२१ जेठ । बिपन्नताको पीडा कहिलेकाहीँ शब्दमा अट्दैन, आँसुले पनि बयान गर्न सक्दैन, जहाँ मान्छे जीवन धान्नकै लागि आफ्नै थाकथलो छोडेर भौतारिन बाध्य हुन्छ । यस्तै नियतिको यथार्थ चपेटामा परेकी मुगुको छायानाथ रारा नगरपालिका–११ रोवा गाउँकी सरस्वति दमाई अहिले जुम्ला सदरमुकाम खलंगा बजारको एक साँघुरो कोठामा तीन साना बच्चासहित भोक र अभावसँग जुधिरहेकी […]

जुम्लामा विषादी प्रयोग मुक्त सप्ताह अभियान

गाेल्डेन बुढा, जुम्ला,२१ जेठ । १४ औँ जिल्ला परिषद्ले जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको दशक भयो।यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्। तर,पछिल्ला वर्षहरूमा उत्पादन वृद्धि र बजारमुखी खेतीको दबाबसँगै खेतबारीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि जुम्लाको अर्गानिक पहिचान नै चुनौतीमा […]

घुयँत्राे:”८ महिना निदाएका बा ब्युँझिएपछि प्रदेशका मुख्यमन्त्रीको निद्रा हराम !”

जेनजि आन्दोलनदेखि सुतेका केपि बा ८ मैना पछि बल्ल उठेछन कि क्या ?! जताततै सबै प्रदेशतिर कतै सरकार ढाल्ने ,कतै जाेडने, कतै राजिनामा दिने, कतै अविश्वास प्रस्ताब ल्याएर भएनि अब एमाल्या सरकार बनाउने भनेर हिजाट छ्याप्छ्याि्प्ति सम्चार आउन थाल्याछ देख्दा अब बाले सत्ताकाे साङ्लो अरुका हाताँ देलान जस्ताे छैन । कतै पुरानाे गठबन्धन भत्कायर त […]

कर्णालीको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने विगतकै योजनामा केन्द्रित

ओम शाही सुर्खेत, २१ जेठ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।  प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्णपाठ वाचन गरेका थिए […]

संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल

काठमाडौँ, २१ जेठ ।  संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ […]

यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत, २१ जेठ ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी २०  राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सन् २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने उमेर समूहको महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडीको छनोटका लागि प्रतियोगिता आयोजना हुन लागेको हो ।  […]

वन पैदावरको उपयोग : दुनाटपरीले आत्मनिर्भर

इन्द्राकुमारी केसी/रासस कैलाली, २१ जेठ ।  लम्कीचुहा नगरपालिका–१ भुरुवाकी धना बोहराको जीवन केही वर्षअघिसम्म सामान्य ग्रामीण महिलाको जस्तै थियो । उहाँको अधिकांश समय घरधन्दा, बालबच्चाको हेरचाहमा बित्थ्यो ।  श्रीमान्‌को एकल आम्दानीमा आश्रित परिवार आर्थिक रूपमा सङ्घर्षरत थियो । दैनिक आवश्यकता पूरा गर्न कठिन थियो । सीमित आम्दानी, बढ्दो खर्च र भविष्यप्रतिको अनिश्चितताले परिवारलाई निरन्तर दबाब […]

राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक

सुर्खेत, २१ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौँले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ । उक्त कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले नीति कार्यान्वयनका संस्थागत, कानुनी, वित्तीय व्यवस्थाका साथै समन्वय र जोखिम पहिचान र व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा पुनरावलोकन, कार्ययोजना, नीति खारेजी तथा […]

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ, २१ जेठ ।  स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।  बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बिमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताए ।  बोर्डले यही जेठ १६ गतेबाट वित्तीय […]

आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित

काठमाडौँ, २१ जेठ ।  नेपाल हस्तकला महासङ्घले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको बताएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष राजमान बज्राचार्यले आज एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले स्वदेशी उद्योग र हस्तकला क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन । महासङ्घले बजेटले आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन र कर प्रणालीमा सरलीकरणलाई प्राथमिकता दिएको […]